मुस्ताङका सुरक्षाकर्मिलाइ डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण

  • ९ फाल्गुन २०७८, सोमबार
  • 1075 पटक पढिएको

सुशीलबाबू थकाली

मुस्ताङ ९ फागुन । हिमाली जिल्ला मुस्ताङको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै डिभिजन बन कार्यालय मुस्ताङले अग्रभागमा खटिने सुरक्षा निकायलाई डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण गरेको छ । बिपद व्यवस्थापन सँगसँगै अन्य जटिल समस्याबाट मुक्ती होस् भन्नको हेतुले डिभिजन बन कार्यालयले उक्त औजारहरु हस्तान्तरण गरेको जनाएको हो । सोमबार दिउँसो जोमसोम सदरमुकाममा डिभिजन बन कार्यालयले एक अन्तरक्रिया कार्यक्रम गरेपश्चात् उक्त औजारहरु हस्तान्तरण गरेको डिभिजन बन कार्यालय मुस्ताङका बन अधिकृत वसन्त केशब अधिकारीले बताए ।

उनका अनुसार डढेलो नियन्त्रणका लागि तत्कालै चाहिने आगो निभाउने औजार फायर स्वाटर ५ थान, आगो रक्षक उकपरण रेक विथ आईरन हेन्डल ३ थान, आगो नियन्त्रणमा सहयोग पुर्याउने हेलमेट २ थान र सुरक्षा पोषाक मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले हस्तान्तरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा अधिकारीले हिमाली जिल्ला मुस्ताङको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आफ्नो प्रस्तुति दिएका थिए । जसमा बनमा डढेलो कसरी लाग्छ र यसको रोकथामका उपायहरू के – के हुन सक्छ भन्ने विषय महत्त्वपूर्ण रहेको अधिकारीले बताएका हुन् अधिकारीका अनुसार, मुस्ताङको कुल ३ हजार ५ सय ५७ हेक्टर क्षेत्रफल मध्ये २ सय ८५ हेक्टरको कुल क्षेत्रफल मध्य ८ प्रतिशत क्षेत्रफल बनजङ्गलले ढाकेको डिभिजन बन अधिकृत अधिकारीले बताए ।

कार्यक्रममा थासाङ गाउँपालिकाका प्रमुख बुद्धिप्रसाद शेरचन, मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकाल, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाली सेना, एक्याप, रेडक्रस, बनसँग सम्बन्धित विभिन्न संघसस्था, पत्रकार महासंघ, सुरक्षा निकाय र डिभिजन वनका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । डिभिजन बन कार्यालयले यश प्रकारको कार्यक्रम आयोजन गर्नु स्वागतयोग्य भएकोमा उपस्थित सबैले प्रशंसा गरेका थिए । मुस्ताङ सधैंजसो हिउँदमा डढेलोको सिकार बन्नुपरेको अवस्थामा यश किसिमको कार्यक्रमले समुदाय स्तरमा निक्कै ठूलो सकारात्मक प्रभाव पार्ने देखिएको छ । हिउँदमा आगलागी जस्ता घटना नदोहोर्याउन र यसको रोकथाम साथै उच्च न्यूनीकरण गर्न सबैले बिचार पुर्याउनु पर्ने थासाङ गाउँ पालिकाका प्रमुख बुद्धि प्रसाद शेरचनले बताए ।

उनका अनुसार हिमाली भेग र बिकटताको हिसाबले पनि हिमाली क्षेत्र नै आगलागीबाट बढी प्रभावित बन्नुपरेको शेरचनले बताए, उनले भने- यसको रोकथाम सहज वातावरणबाटनै हुनेछ । स्थानीय निकायले मात्रै जोड गरेर समस्याको समाधान नहुने शेरचनको भनाइ रहेको छ। शेरचनको अनुसार स्थानीय स्तरमा सहकार्य जरुरी रहेको बताए । बिशेष गरेर आगलागी हुनमा बनजङ्गलमा चोरी सिकारी बढ्नु र नियमनकारी निकाय मौन हुनुनै प्रमुख कारण हुनसक्ने शेरचनले बताए, उनले भने- नियम कानुन बलियो नभएसम्म समस्याको समाधान कहिल्यै पनि हुँदैन । त्यसैले, प्रथमतः यस्ता जघन्य अपराध जस्ता विषयमा सबै तह र तप्का कानुनी हिसाबले सकारात्मक बन्नुपर्ने शेरचनले बताए । यसैबीच अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले मुख्यतः भौगोलिक विषयमा जानकार हुनुपर्ने बताए ।

मुस्ताङ आफैमा अत्यन्तै जोखिमयुक्त जिल्ला भएको र पछिल्लो समय मौसम परिवर्तनले समेत पुर्ण रुपमा असर पुर्याएको ढकालले बताए, उनले भने- आगलागी जस्ता विषयमा सबैजना जानकार हुनुपर्छ । उनका अनुसार जोखिम न्यूनीकरण र समाधानको लागि जिल्लाका ५ वटै स्थानीय निकायका जनप्रतिनिधिबीच बारुणयन्त्र, एम्बुलेन्स र शब बाहन किन्ने छलफल अघि बढिसकेको भएपनि कार्यान्वयनमा समस्या भएको बताए । यसको लागि तीन ओटा गाउँ पालिकामा दमकल र प्रत्यक गाउँ पालिकामा एम्बुलेन्स अत्यावश्यक भएको समेत ढकालले बताए । मुस्ताङको हकमा आगलागी जस्ता विषय खास नभए पनि यश अघिका घटनाले पुनः ठूलो दुर्घटना नदोहोर्याउनका लागि जनचेतनामूलक कार्यक्रम जरुरी भएको ढकालले बताए, उनले भने- प्रत्येक वार्डमा बिपद व्यवस्थापनका लागि चाहिने सामग्री हरु उपलब्ध गराउने जस्ता कुरामा जोड दिनुपर्नेछ ।