म्याग्दी जेसीजद्धारा घतान स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग ( तस्वीर सहित)

  • ९ फाल्गुन २०७८, सोमबार
  • 693 पटक पढिएको

म्याग्दी ९ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा रहेको स्वास्थ्य चौकीलाई म्याग्दी जेसीजद्धारा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । ‘स्वास्थ्यमा हाम्रो सरोकार’ भन्ने नारा सहित म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वमा पुगेको टोलीले स्वास्थ्य चौकीका प्रमुख जमुना शर्मा लाई रु १० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा शाखा अध्यक्ष खत्री, निवर्तमान अध्यक्ष विरेन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक सुमन बानियाँ, उपाध्यक्ष नविन केसी, विनोद घर्ति, तालिम संयोजक कृष्ण पौडेल लगायतले मास्क, सावुन, सेनिटाइजर लगायतका स्वास्थ्य र सरसफाईका सामाग्री स्वास्थ्य चौकीका प्रमुख शर्मा र स्वास्थ्यकर्मी सुप्रिया केसीलाई हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ्य चौकीमा प्राप्त सहयोगले स्वास्थ्यकर्मीलाई सुरक्षित भएर स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने भन्दै स्वास्थ्य चौकीका प्रमुख शर्माले म्याग्दी जेसीजलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

आईतवार म्याग्दी जेसीजद्धारा बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई म्याग्दी ११ वटा डस्विन बाल्टी र विभिन्न विद्याका डेढ सय बढी पुस्तक हस्तान्तरण गरिएको भने शनिवार बेनी नगरपालिका–९ मा अवस्थित ऐतिहासिक धार्मिक पर्यटकयि स्थल ढोल्ठानमा पर्यटन प्रवद्र्धनको कार्यक्रम गरेको थियो । १४ औं शताब्दीतामा बाईसे– चौविसे राजा बसेको ऐतिहासिक ढोल्ठान दरबार क्षेत्र प्रचार प्रसारको अभाबले ओझेलमा परेपछि म्याग्दी जेसिजले पर्यटन सूचनामुलक बोर्ड स्थापना गरेको थियो ।