राहुघाट र तामाकोशी–५ जलविद्युत् आयोजनाका लागि १६ अर्ब लगानी स्वीकृत

  • २३ जेष्ठ २०७९, सोमबार
  • 807 पटक पढिएको

काठमाडौं २३ जेठ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत दोलखामा बन्ने तामाकोशी–५ र म्याग्दीमा बन्ने राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

सोमाबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । १०० मेगावाटको तामाकोशी–५ र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि १६ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको बोर्डका सीईओ शुसिल भट्टले जानकारी दिनुभयो । राहुघाट जलविद्युत आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको छ ।

तामाकोशी–५ कर्मचारी सञ्चय कोष समेतको लगानीमा निर्माण हुन लागेको आयोजना हो । लमाथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोबाट विद्युत् उत्पादन भएपछि बाहिर निस्किएको पानी सुरुङमार्फत लगेर तामाकोशी–५ बाट विद्युत् उत्पादन गर्ने योजना छ । राहुघाट जलविद्युत आयोजनामा रघुगंगा नदीको पानीलाई प्रयोग गरि विद्युत उत्पादन गर्न लागिएको छ ।