गण्डकी प्रदेश अन्तरगत ७ जिल्लाको जिसस गठनमा पार्टीको एकल बहुमत

  • २३ जेष्ठ २०७९, सोमबार
  • 537 पटक पढिएको

 

म्याग्दी, २३ जेठ । स्थानीय तहको निर्वाचन सकिएपछि दलहरुको ध्यान जिल्ला समन्वय समितिको चुनाव केन्द्रित भएको छ । तह निर्वाचनको परिणाम आएको १५ दिनभित्र कार्यपालिका र त्यसपछि जिससको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ ।

११ जिल्ला रहेको गण्डकी प्रदेशका ७ जिल्लामा पार्टीको एकल बहुमत पुगेको छ भने ४ जिल्लामा तालमेल गर्नुपर्ने देखिएको छ । मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ र नवलपुरमा एमालेको एकल बहुमत पुग्दा गोरखामा माओवादी र बागलुङमा कांग्रेसको एकल बहुमत छ ।

मनाङ, पर्वत, तनहुँ र स्याङ्जामा कुनै एक पार्टीको बहुमत पुगेको छैन । जसमा जिसस गठन गर्न तालमेल गर्नुपर्ने हुन्छ ।