बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन

  • २४ जेष्ठ २०७९, मंगलवार
  • 591 पटक पढिएको

म्याग्दी २४ जेठ । बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार बसेका नगर कार्यपालिकाको पहिलो बैठकबाट बेनपा–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।

‘कार्यपालिकाको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुन्छ’ ढकालले भन्नुभयो । कार्यपालिकाको बैठकले विभिन्न विषयगत समितिको संयोजक समेत तोकेको छ । विषयगत समितिमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादीबाट कार्यपालिकामा प्रतिनिधित्व गर्नेहरुबाटै टुंगो लागेको जनाइएको छ ।

प्रबक्तामा नियुक्ती भएपछि श्रेष्ठले जिल्लाका पत्रकारहरुसंग समन्वय र सहकार्य गरी कार्यपालिकाको सूचना प्रवाहलाई नगरबासीमाझ लैजाने बताउनुभयो । कार्यपालिकामा मेयर सुरत केसीको अध्यक्षतामा बसेको बैठकमा नगरपालिका भित्रका विभिन्न विषयमा छलफल भएको थियो ।