ताजा अपडेट

परीक्षणमै सीमित सहस्रधारा ‘क्यानोनिङ’

बागलुङ, २४ जेठ । दुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण ९क्यानोनिङ० व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रुपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे । गलकोट नगरपालिका–३ स्थित झरनामा... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोष स्थापना गरिने

म्याग्दी २४ जेठ । म्याग्दीको बेनी नगरपालिकाले मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना गर्ने भएको छ । नगरकार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्ने गरि डेस्क र कोष स्थापना गर्ने निर्णय गरेको हो । नगर कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रमेशकुमार श्रेष्ठले नगरपालिकाभित्र रहेका मजदुरहरुको... पुरा पढ्नुहोस

मानसिक रोगका विरामीलाई नि:शूल्क औषधी र ख बर्गको परिचयपत्रको माग

  म्याग्दी २४ जेठ । म्याग्दीका मानसिक रोगका विरामीहरुलाई निःशूल्क औषधी र ‘ख’बर्गको परिचयपत्रको माग गरिएको छ । मानसिक रोगका विरामीका अभिभावक र संरक्षकहरुले विरामीले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने भएकाले उनीहरलाई निःशूल्क औषधीको उपलब्धता गराउन माग गरेका हुन् । मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको... पुरा पढ्नुहोस

पालिका अध्यक्षसंग गरिएको कुराकानी….

रघुगङ्गा गाउँपालिकामा निर्वाचित भए पश्चात् कमरेड छन्त्याल सङ्ग बल्ल तल्ल पहिलो भेट भयो आज । सर्व प्रथम तः पालिका प्रमुखमा निर्वाचित हुनु भयको मा बधाइ तथा शुभकामना कमरेड। कस्तो अनुभूति भैराछ जनताको बिस्वास देखेर? भन्ने मेरो प्रश्नमा उनले सबै ठिक भयको तर गह्रौ जिम्मेवारी आफुले पायको र यस्लाइ पूरा गर्न... पुरा पढ्नुहोस

बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन

म्याग्दी २४ जेठ । बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार बसेका नगर कार्यपालिकाको पहिलो बैठकबाट बेनपा–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । ‘कार्यपालिकाको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुन्छ’ ढकालले भन्नुभयो । कार्यपालिकाको बैठकले... पुरा पढ्नुहोस

राहुघाट र तामाकोशी–५ जलविद्युत् आयोजनाका लागि १६ अर्ब लगानी स्वीकृत

काठमाडौं २३ जेठ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत दोलखामा बन्ने तामाकोशी–५ र म्याग्दीमा बन्ने राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । सोमाबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । १०० मेगावाटको तामाकोशी–५ र ४० मेगावाटको राहुघाट जलविद्युत्... पुरा पढ्नुहोस

असार १ गते देखि दुई दिन बिदा खारेज गर्ने सरकारको निर्णय

काठमाण्डौ, २३ जेठ । नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको हो । नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू... पुरा पढ्नुहोस

धार्मिक वन हस्तान्तरण

म्याग्दी २३ जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ ।... पुरा पढ्नुहोस

ढोरपाटनमा नाउर घटे, झारल बढे

बागलुङ, २३ जेठ  : पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई... पुरा पढ्नुहोस

‘कालीगण्डकी’माथि सय कविता

जेठ २३ बागलुङ। मध्य नेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ । तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो । ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृंङ्खला... पुरा पढ्नुहोस