झिँ स्वास्थ्य चौकी भवनको उद्घाटन

  • २७ असार २०७९, सोमबार
  • 491 पटक पढिएको

म्याग्दी २७ असार । म्याग्दीको रघुगंगा गाउपालिका वडा नं. ५ झिँमा निर्माण भएको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । सोमबार आयोजिक एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।


गाउपालिका अध्यक्ष भब बहादुर भण्डारीलेले भवनको उदघाटन गर्नुभएको थियो भने भवन हस्तान्तरण वडा अध्यक्ष मनबहादुर सेरपुजालाई गरिएको थियो । संघीय सरकारको कुल रु १ करोड ५४ लाखको बजेटमा तिलक निर्माण सेवा बागलुङले ठेक्का सम्झौता गरेर भवन निर्माण सम्पन्न भएपछि उद्घाटन संगै हस्तान्तरण भएको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । भवन निर्माणको लागि २०७७ जेठट २९ गते ठेक्का सम्झौता भएको थियो । रघुगंगाको वडा नम्बर ७ चिमखोलामा स्वास्थ्य चौकी भवन निर्माणधिन अवस्थामा रहेको छ ।