ताजा अपडेट
प्रदेश निर्वाचनमा काँग्रेस पहिलोः डा.संग्रौला
- 8 बर्ष, 7 महिना अगाडि
- ११ श्रावण २०७४, बुधबार
म्याग्दी, ११ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिना संग्रौलाले प्रदेश निर्वाचनमा काँग्रेसलाई पहिलो बनाउने गरि लाग्न कार्यकर्तालाई निर्देशन दिएकी छन् । नयाँ सोच, नयाँ विचार र नयाँ ढँगले काँग्रेसलाई अघि बढाउन आवश्यक रहेको चर्चा गर्दै उनले स्थानीय तहको निर्वाचनलाई पाठको रुपमा लिएर प्रदेश निर्वाचनमा होमिन आग्रह गरे ।... पुरा पढ्नुहोस
बेनीमा विविध साँस्कृतिक कार्यक्रम हुदैँ
- 8 बर्ष, 7 महिना अगाडि
- ११ श्रावण २०७४, बुधबार
म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा साउन १२ गते विविध सास्कृतिक कार्यक्रम हुने भएको छ । बेनी नगरपालिका–५ , निवासी शारिरीक रुपमा अपाङ्गता भएका कलाकार कृष्ण क्षेत्रीको थप सांगितिक क्षेत्रको सफलताको लागि सास्कृतिक कार्याक्रम आयोजना गरिएको हो । शारिरिक रुपमा अपाङ्गता भएपनि सांगितिक क्षेत्रमा सम्भावना बोकेका कलाकार क्षेत्रीको एल्वम... पुरा पढ्नुहोस
साउन २० मा जिससको निर्वाचन
- 8 बर्ष, 7 महिना अगाडि
- ११ श्रावण २०७४, बुधबार
म्याग्दी, ११ साउन । जिल्ला समन्वय समिति सभापतिका लागि साउन २० गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, साउन १८ गते उम्मेदवारी दर्ता र २० गते निर्वाचन हुनेछ । त्यसअघि साउन १६ गते मतदाता नामावली प्रकाशन हुनेछ । म्याग्दीमा जिल्ला समन्वय समितिमा सभापति सहित... पुरा पढ्नुहोस
प्राथमिक तहका बालबालिकालाई लक्षित कार्यक्रमलाई सफल बनाउने जनप्रतिनिधिको प्रतिबद्धता
- 8 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७४, मंगलवार
म्याग्दी, १० साउन । म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई र पढाई परियोजनाद्धारा कार्यक्रमका बारेमा जानप्रतिधिलिाई जानकारी गराएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा म्याग्दी जिल्लामा सञ्चालित जनप्रतिनिधिलाई कार्यक्रमका प्राथमिक तहका बालबालिकालाई लक्षित गरिएका कार्यक्रम प्रभावकारी बनाउने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका थिए । एकबर्ष... पुरा पढ्नुहोस
रिखारमा खानेपानी पु¥याउन रिहगाद सहकारीको सहयोग
- 8 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७४, मंगलवार
म्याग्दी, १० साउन । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल रिखारमा खानेपानीको सुविधा पु¥याउन बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले पाइप सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्र्तगत धार्मिकस्थलमा पुग्ने धार्मिक पर्यटक र भक्तजनको सहजताका लागि ३० हजार रुपैयाँ बराबरको ३ क्वायल पाइप सहयोग गरिएको हो । पवित्र धार्मिकस्थलमा पुग्ने भक्तजनलाई... पुरा पढ्नुहोस
रत्नेचौर कुडुले झोलुङ्गे पुल निर्माण हुने
- 8 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७४, मंगलवार
बेनी १० साउन । बेनी नगरपालीका १ रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ ।संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजनले म्याग्दी र बागलुङको सिमानामा पर्ने ढोडेनी खोलामाथी झोलुङ्गे पुल निर्माण गर्न लागेको हो । रत्नेचौरको बुढोचौर खेलमैदानदेखि कुडुलेको डिल जोड्ने पुलको विस्तृत आयोजना... पुरा पढ्नुहोस
सदरमुकामका समस्याप्रति अनेरास्ववियूद्धारा जनप्रतिनिधिको ध्यानकर्षण
- 8 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७४, मंगलवार
म्याग्दी, १० साउन । म्याग्दी सदरमुकाम बेनीमा देखिएका विद्यमान समस्याहरुलाई लिएर अनेरास्ववियू म्याग्दीले जनप्रतिनिधिहरुको ध्यानकर्षण गराएको छ । बेनीमा दबाबमुलक ¥याली आयोजना गरि अनेरास्ववियूले म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालिपुल क्षेत्रमा देखिएको हिलाम्मे सडक, यत्रतत्र फालिने फोहोर, बेनीमा छाडिएका पशु चौपायाको व्यवस्थापन गर्नका लागि जनप्रतिनिधिहरुको ध्यानकर्षण गराएको हो । विद्यार्थीहरु सम्मिलित... पुरा पढ्नुहोस
म्याग्दीमा पर्यटन आगमनमा भारी बृद्धि, एक बर्षमा सत्तरी हजार पर्यटकद्वारा भ्रमण
- 8 बर्ष, 7 महिना अगाडि
- १० श्रावण २०७४, मंगलवार
म्याग्दी, १० साउन । पर्यटकीय जिल्लाको रुपमा परिचित हुन थालेको पहाडी जिल्ला म्याग्दीमा पर्यटन भागमन भारी मात्रामा बृद्धि भएको छ । जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन थालेपछि बाह्य मुलुकबाट जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण हुन थालेको हो । आर्थिक वर्ष २०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको... पुरा पढ्नुहोस
गलेश्वरधाममा एभरग्रीन युवा क्लबद्धारा स्वयम सेवक परिचालन
- 8 बर्ष, 7 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
म्याग्दी ०८ साउन । म्याग्दीको धार्मिक ऐतिहासिक रुपमा प्रसिद्ध तीर्थस्थल मानिएको गलेश्वरधाममा साउने सोमबारका दिन एभरग्रीन युवा क्लबद्धारा स्वयम सेवक परिचालन गरी सहयोग गरेको छ । पुजा गर्न आउने भक्तजनको भिडलाई लक्षित गरी ३० जनाको टोली परिचालन गरिएको क्लवले जनाएको छ । सामाज रुपान्तरणमा युवाको भुमिका भन्ने मुल नारा सहित... पुरा पढ्नुहोस
पाखापानीकी पारमायाँले अस्पतालबाटै गरिन जिवनरक्षाको अपिल
- 8 बर्ष, 7 महिना अगाडि
- ९ श्रावण २०७४, सोमबार
म्याग्दी, ९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमायाँ पाईजाले आफ्नो जिवनरक्षाको लागि अस्पतालकै शैयाबाट सहयोगको याचना गरेकी छिन् । आन्द्राको क्यान्सरबाट पिडित भई भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचाररत पाईजाले आफ्नो उपचार खर्च जुटाउन घरपरिवारलाई कठिनाई आईपरेपछि यस्तो याचना गरेकी हुन् । बिगत एक महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत... पुरा पढ्नुहोस