कालिपुल बसपार्क ब्यवस्थापन गर्न सुरु
- ३१ श्रावण २०७४, मंगलवार
- धिरन खत्री
- 3955 पटक पढिएको
म्याग्दी, ३१ साउन । म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा रहेको बसपार्कलाई ब्यवस्थित बनाउन सुरु गरिएको छ । कालिपुल बसपार्कमा ब्यवस्थित पार्किङ, विद्यार्थी र यात्रुहरुलाई सहज हिड्ने वातावरण निर्माण गर्न बजेट विनियोजन गरि निर्माण कार्य थालनी गरिएको हो ।
बेनी नगरपालिकाका वडा ८ का स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिद्धारा बसपार्क ब्यवस्थापनका लागि २ लाख बजेट विनियोजन गरेको छ । बसपार्कको समस्यालाई ब्यवस्थापन गरि यात्रुहरुलाई सहज बातारण निर्माण कार्य दिगो बनाउन बसपार्क ब्यवस्थापनमा बजेट विनियोजन गरिएको वडा अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो । बसपार्कमा रहेको अव्यवस्थित ब्यवस्थापनलाई हटाउन निर्माण कार्य सुरु गरिएको अध्यक्ष बराईलीले जानकारी दिनुभयो । बसपार्कमा ट्याक्सी, जीप बोलेरा, माइक्रो, बस र अन्य सवारी साधनलाई ब्यवस्थित रुपमा राख्न क्षेत्र तोकिने साथै आवातजावात गर्ने विद्यार्थी तथा सर्वसाधारणलाई हिड्ने सहज बाटो निर्माण बनाउने तरिकाले बसपार्क ब्यवस्थापन गर्न लागिएको हो ।
हिउँदमा धुलो र बर्षातले हिलोले स्थानीयबासी, यात्रु, टाफिक प्रहरी र सवारी चालकहरुले समेत सास्ती खेप्दै आएका छन् । म्याग्दी र मुस्ताङका विभिन्न भम्रणमा आउने पर्यटकहरुलाई अस्तब्यस्त बसपार्कबाट हटाउन यो कदम चालिएको वडा अध्यक्ष बराईलीले बताउनुभयो । उक्त बजेटले बसपार्कमा रहेको ट्राफिक कार्यालय देखि पेट्रोलपम्पसम्म किनारको साईडमा रहेका प्रयोगविहिन भागलाई ब्यवस्थित बनाउन खर्च गरिने छ । चालकहरुले जथाभावि गरिने पार्किङलाई ब्यवस्थित रुपमा निर्मांण गरिने छ ।बर्षेनी लाखौ आन्तरिक तथा बाह्रय पर्यटक आगमन हुने बसपार्क ब्यवस्थित नहुँदा म्याग्दीको सौन्द्रयतालाई गिजाईराखेको थियो । पछिल्लो समय बेनीबजारको सुन्दरतालाई कालिपुलको बढेको अस्तव्यस्ताले भने गिज्याईरहेको थियो । म्याग्दीको प्रवेशद्धारको रुपमा रहेको कालिपुल क्षेत्रको अब्यवस्थित बसपार्क, अब्यवस्थित पार्किङ्, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले म्याग्दी सौन्द्रयतालाई अस्तव्यस्त बनाईराखेको थियो ।
म्याग्दीको विभिन्न पर्यटकियस्थल तथा धार्मिक स्थल गलेश्वरधाम र मुक्तिनाग प्रवेशद्धारको रुपमा रहेको बेनी बजारको कालिपुल बसपार्कमा दैनिक हजारौ तिर्थयात्रु र आन्तरिक बाह्य पर्यटकहरुले ओहोर दोहोर गर्दै आएपनि यहाँको अस्तव्यस्ताले म्याग्दीको नकारात्मक सन्देश प्रवाह गरेको थियो । जिल्लाको प्रवेशद्धारलाई चिटिक्क र सफा राख्न सके “बेनीको बजार जता माया उतै छ नजर” भन्ने गितको मर्म सान्र्दभिक हुने थियो । म्याग्दीको पर्यटकिय स्थलमा घुम्न आउने पर्यटक र यात्रुहरु माझँ बसपार्कको ब्यवस्थापनले सकारात्मक सन्देश प्रवाह गर्न टेवा पुग्दछ ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l