ताजा अपडेट
सकारात्मक सोच विकास सम्वन्धी प्रशिक्षण बेनीमा
- 8 बर्ष, 4 महिना अगाडि
- ३ असार २०७४, शनिबार
म्याग्दी,३ असार । म्याग्दीको बेनीमा म्याग्दी जेसीज र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनमा जीवन सम्वन्धी नयाँ सोच र नेत्ृत्व विकास सम्वन्धी प्रशिक्षण कार्यक्रम शुक्रबार गरिएको छ । उक्त पशिक्षण कार्यक्रमलाई चर्चित अन्तराष्ट्रिय प्रशिक्षक तथा उत्प्रेरक श्री रमण नेपाली ज्यूबाट भएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष जेसी नारायणकुमार बराल बह्माकुमारी... पुरा पढ्नुहोस
गर्मीमा स्वच्छ पानी र खानेकुरामा सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह
- 8 बर्ष, 4 महिना अगाडि
- ३ असार २०७४, शनिबार
कल्पना पौडेल – ३ असार। गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा... पुरा पढ्नुहोस
टोल सुधार समितिद्धारा निशुल्क शुद्ध खानेपानीको व्यवस्था
- 8 बर्ष, 4 महिना अगाडि
- ३ असार २०७४, शनिबार
बेनी ३ असार । बेनी नगरपालीका ७ को बिरेन्द्रचोक टोल सुधार समितिले सार्वजनीक स्थलमा निशूल्क शुद्ध खानेपानी सुबिधाको व्यवस्था मिलाएको छ ।टोल सुधार समितिको सक्रियतामा जिल्ला प्रशासन कार्यालय अगाडीको पिपल चौतारी परिसरमा निर्माण गरिएको सार्वजनीक खानेपानी धाराको शनिबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन... पुरा पढ्नुहोस
भकिम्लिमा अपाङता भएका रोकाको परिवारलार्ई घर उपहार
- 8 बर्ष, 4 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लिमा अपांगता भएका मानसिङ रोकाको परिवारलाई भुकम्पप्रतिरोधात्मक घर उपहार दिईएको छ। शारिरिक रुपमा अपांगता र आर्थिक रुपमा विपन्न भएको कारण रोकाको परिवारलाई अपांग संघ म्याग्दीमा समन्वयमा आई एन. एफ , वडा कार्यालय भकिम्लि र स्थानीय आमासमुहको सहयोग र श्रमदानमा घर निर्माण गरिएको... पुरा पढ्नुहोस
कोरियामा राुखका शिबको निधनले गाउँनै शोकमा
- 8 बर्ष, 4 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
म्याग्दी, २ असार । रोजगारिको शिलसिलामा दक्षिण कोरिया पुगेका रघुगंगा गाउँपालिका–२ घट्टका शिब कुमार कार्कीको असामयिक निधनले सिंगो राखु क्षेत्र शोकमा डुबेको छ । २७ बर्षका कार्कीको कोरियाको सौल नजिकै खिम्पो शहर स्थित प्यास्टिकको दाना बनाउने ’होंजिन’ नामक कम्पनीमा असामयिक निधन भएको हो । सो कम्पनीमा कार्यरत कार्की गयराती आफ्नै... पुरा पढ्नुहोस
एनएमबि बैंकका चार शाखा संचालनमा
- 8 बर्ष, 4 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
एनएमबि बैंकले असार १ गतेदेखि म्याग्दी सहित नेपालका विभिन्न चारवटा जिल्लामा एकै साथ शाखा विस्तार गरी संचालनमा ल्याएको छ । एनएमवि बैंक म्याग्दी शाखाका प्रमुख पुष्कल ढुङ्गानाले दिएको जानकारी अनुसार बैंकले म्याग्दीको बेनी, बाराको निजगढ, मकवानपुरको हेटौडा तथा नवलपरासी जिल्लाको कावासोतीमा गरी एकैसाथ चार नयाँ शाखाहरु संचालनमा गरेकोे हो ।... पुरा पढ्नुहोस
विषाक्त खानाको कारण दुई सदस्य गुमाएका गुरुङ परिवारलाई सहयोग
- 8 बर्ष, 4 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
म्याग्दी, २ असार । विषाक्त खानाका कारण परिवारका श्रीमती र छोराको मृत्युवरण सहेका म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका पबहादुर गुरुङलाई करिब तीन लाख आर्थिक सहयोग जुटेको छ । गत जेठ १९ गते ससुराली घर मँगला –५ छिस्वाङमा बिषाक्त खाना खाएको कारण पबहादुरकी श्रीमती चिना र १४ महिने छोराको मृत्यु भएको थियो... पुरा पढ्नुहोस
परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु बिषयमा अन्र्तक्रिया
- 8 बर्ष, 4 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
म्याग्दी, २ असार । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशु स्याहारको बिषयमा पत्रकार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले आयोजना गरेको कार्यक्रममा परिवार नियोजनका साधनको उचित प्रयोग, सुरक्षित मातृत्वको लागि पु¥याउनुपर्ने ध्यान र नवजात... पुरा पढ्नुहोस
बेनीमा मेलमिलाप तालीम सुरु
- 8 बर्ष, 4 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
बेनी २ असार । बेनीमा शुक्रबारदेखि सामुदायीक मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति र स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम –एलजिसीडीपी)ले आयोजना गरेको तालीम आठ दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालीममा धौलागिरी गाउँपालीका ३ मुना, बेनपा ३ भकिम्ली र अन्नपूर्ण गाउँपालीका ६ घारका जनप्रतिनिधि,... पुरा पढ्नुहोस
बुद्ध एकेडेमीलले असारलाई नेपाली भाषा साहित्यको महिनाको रुपमा मनाउने
- 8 बर्ष, 4 महिना अगाडि
- २ असार २०७४, शुक्रबार
म्याग्दी, २ असार । म्याग्दीको बुद्ध एकेडेमीले नेपाली भाषाको एकिकरणकर्ताका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्म महिना असारलाई नेपाली भाषा साहित्यको महिनाका रुपमा मनाउने भएको छ ।बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले असार महिनाभरी विद्यालयमा नेपाली भाषा र साहित्यसम्वन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी आदिकवि भानुभक्तको स्मरण गर्नुका... पुरा पढ्नुहोस