दिदीबहिनी सहकारीको अध्यक्षमा ज्योती लामिछाने
- २४ आश्विन २०७४, मंगलवार
- 2551 पटक पढिएको
म्याग्दी, २४ असोज । महिलाहरुको मात्रै लगानी र नेतृत्वमा स्थापीत बेनी स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभाले ज्योती लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सहकारीको उपाध्यक्षमा विष्णु गौतम सापकोटा, सचिवमा सुगम श्रेष्ठ, कोषाध्यक्षमा जगतदेवी बानियाँ खत्री र सहसचिवमा अम्बिका श्रेष्ठ निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा जयन्ती सुवेदी, रजनी कर्माचार्य श्रेष्ठ, अन्जना हमाल केसी, कमला खत्री जिसी, अनुशा श्रेष्ठ, पुष्पा थापा, लक्ष्मी शर्मा र लिला गौतम चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा हरि गिरी, सदस्यमा शारदा शर्मा र रश्मी बानियाँ खड्का, चयन घएका छन भने अम्बिका श्रेष्ठको संयोजकत्वमा गठित ऋण उपसमितिको सदस्यहरुमा शर्मिला थापा, रन्जिता शेरचन, अनिता मल्ल केसी र अम्बिका ढुङ्गाना रहेका छन् । त्यस्तैगरी शिक्षा उपसमिति संयोजकमा लिला गौतम, सदस्यमा सङ्गीता श्रेष्ठ र भीमकुमारी सुवेदी चयन भएका छन् ।