जनमोर्चाको कार्यकर्ता प्रशिक्षण सुरु

  • २७ आश्विन २०७४, शुक्रबार
  • 1732 पटक पढिएको

 

म्याग्दी,२७ असोज । राष्ट्रिय जनमोर्चा म्याग्दीको आयोजनामा शुक्रबारदेखि बेनीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

आसन्न संघ र प्रदेशसभा निर्वाचनको सम्बन्धमा पार्टीको धारणा, नितीको विषयमा कार्यकर्तालाई जानकारी गराउने उद्देश्यले आयोजित प्रशिक्षण तथा बैठक पश्चात उमेद्वार समेत चयन गरिने भएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय प्रतिनिधि धर्मबहादुर कुँवर, प्रदेश न. ४ का सदस्य तथा जिल्ला अध्यक्ष छेमबहादुर बिक (छवी) र पुर्व जिल्ला अध्यक्ष रमेशकुमार पुनले प्रशिक्षण दिनुहुने जनाइएको छ । कार्यक्रमको अध्यक्षता टिकाप्रसाद रानाले गर्नुभएको थियो ।