एमाले नेता अधिकारीमाथिको कारबाही फुकुवा

  • २८ कार्तिक २०७४, मंगलवार
  • 2099 पटक पढिएको

म्याग्दी, २७ कात्तिक । स्थानीय तह निर्वाचनमा पार्टीका आधीकारीक उमेद्वार विरुद्ध बागी उमेद्वार बनेका म्याग्दीको मंगला गाउँपालीका २ का नारायण अधिकारीलाई नेकपा एमाले म्याग्दीले गरेको कारबाही सोमबार फुकुवा गरेको छ ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै अधिकारीमाथि गरिएको कारबाही फुकुवा गरिएको जानकारी गराउनुभएको हो । मंगला गाउँपालीका २ को वडा अध्यक्षमा उमेद्वार बनेका अधिकारीलाई गत बैशाखमा एमालेले साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको थियो ।

सो वडामा एमालेका धनबहादुर खातीको प्यानल बिजयी भएको थियो । नेता अधिकारीले पनी विज्ञप्ती मार्फत आफू एमालेमा सक्रिय रहने र बाम गठबन्धनको प्रचारमा जुट्ने बताउनुभएको छ । एमालेले कारबाही गरेपछि अधिकारीलाई नेपाली काँग्रेसले पार्टी प्रवेश गराउने तयारी गरेको थियो ।