वामगठबन्धन कुइँनेमंगले र चिमखोलामा आमसभासंगै घरदैलोमा ब्यस्त
- २९ कार्तिक २०७४, बुधबार
- 1877 पटक पढिएको
म्याग्दी, २९ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वामगठबन्धनको मुल टोली रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको घ्यासीखर्कमा मंगलबार चुनाबी आमसभा तथा घरदैलो सम्पन्न गरेको छ ।
आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्रबहादुर थापाले दुर्गम क्षेत्रको विकासका लागि हरेक क्षेत्रबाट प्राथमिकता दिएर अघि बढ्ने बताए । नेपाली जनताको भावना र आवश्यकता अनुसार एमाले माओवादीबीच चुनावी तालमेल भएको हुदाँ जिल्ला र मुलुकको विकासलाई सहि मार्गमा लान बाम गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । म्याग्दीलाई ५ बर्षमा विकास मार्फत कस्तो बनाउने भन्ने योजना बाम गठबन्धनका उम्मेद्वारहरुले तयार गरिसकेकोे बताए ।
कार्यक्रममा गठबन्धनबाट प्रदेशसभा क्षेत्र (क)का उमेद्वार माओवादी केन्द्रका बिनोद केसीले नेकपा म्याग्दीका बासिन्दाको राज्यले प्रदान गर्ने सेवा सुबिधामा पहुँच बढाउने, निती निर्माण तहमा युवाको प्रतिनिधत्वका साथै म्याग्दीको समृद्धि र ा प्राकृतिक स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जना गर्न बाम गठबन्धनलाई जिताउनुपर्ने बताए । मंगलबारनै चिमखोलामा आमसभाको आयोजना गरिएको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, नेकपा एमालेका यूवा नेता सन्तोष रावल, युवा संघ तथा विद्यार्थी नेताहरुको पनि उपस्थित भएको छ । त्यस्तै नेकपा एमाले प्रदेश नम्बर २ मा पनि नरदेवीको टोली घरदैलो अभियानमा ब्यस्त रहेका छ ।