ताजा अपडेट

मालिका गाउँपालिका केन्द्र दरवाङ बजार म्याग्दी खोलाको कटानबाट प्रभावित

म्याग्दी, २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा म्याग्दी खोलाले कटान गरेको छ । अबरिल बर्षाको कारण बुधवार राती खोलामा पानीको बाहव बढेपछि जनप्रिय माविको पुरानो भवन रहेको खेलकुद मैदानतर्फ कटान बढेको हो ।   म्याग्दी नदीको पानीको बहाबले बस्तीको छेउमा रहेको मैदानतर्फ कटानगरेपछि जोखिम बढेको मालिका गाउँपालिकाका प्रमु्ख... पुरा पढ्नुहोस

बेनीमा अन्तर मावि छात्रा रनिङ शिल्ड फुटवल प्रतियोगिता हुँदै

म्याग्दी, २६ साउन । हरितालिका तिजको अबसरमा म्याग्दी सदरमुकाम बेनीमा अन्तर मावि छात्रा रनिङ शिल्ड फुटवल प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास सतितिको आयोजनामा आगामी भदौ ७ र ८ गते बेनी स्थित खुलामञ्चमा कक्षा १० सम्मका छात्राहरुको लागि सो प्रतियोगिता आयोजना गरिएको हो । जिल्लामा फुटबल खेलप्रति बढ्दै... पुरा पढ्नुहोस

म्याग्दी नदिको कटानले अर्मनको हाँडिभिर जोखिममा

म्याग्दी, २६ साउन । म्याग्दीको मंगला गाउँपालिका – ५ अर्मनको हाँडिभिर म्याग्दी नदीको कटानबाट जोखिममा परेको छ । अबिरल बर्षाको कारण म्याग्दी नदीमा आएको बाढीको कारण हाँडेभिर क्षेत्रको जग्गा र बस्ती नदी कटानको जोखिममा परेको हो ।  नदी कटानले धेरै जग्गा बगाईसकेको र बस्तीतर्फ कटान बढेकाले स्थानीयबासी समस्यामा परेको स्थानीय... पुरा पढ्नुहोस

लियो क्लब अफ बेनीद्धारा जेष्ठ नागरिकलाई भोजन

म्याग्दी, २६ साउन । लियो क्लब अफ बेनी म्याग्दीको आयोजनामा गलेश्वरका बृद्धवृद्धाहरुलाई भोजन गराईएको छ । सेवा नै धर्म हो भन्ने आर्दशलाई आत्मसाथ गर्दैे लियोले वृद्धा संगै संस्कृत बद्यिालयका बटुक गरि ९० जनालाई भोजन गराएको हो । खिरको महिना भनेर मानिने साउन महिनामा खिर खाएमा राम्रो मानिने धार्मीक परम्परा रहेकोले... पुरा पढ्नुहोस

म्याग्दी नदीले झोलुङ्गे पुल बगाएपछि बगरा र सिंकोसबासी समस्यामा

म्याग्दी, २६ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोसबगरा गाउँको बिचमा आवत जावतको लागि म्याग्दी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको छ । गयराती अबिरल बर्षासंगै म्याग्दी नदीमा आएको बाढीले पानीको बहाब बढेपछि झोलुङ्गे पुल बगाएको हो । झोलुङ्गे पुल बगाएपछि बगरा र सिंकोसबगराका स्थानीयलाई आवत जावत बन्द भएको... पुरा पढ्नुहोस

दामोदरकुण्डको साहशिक यात्रा (यात्रा संस्मरण ) फोटो सहित

हिन्दु धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल दामोदरकुण्डको यात्रा तय गर्दा मनमा धेरै खालका कौतुहलता उत्पन्न भएको थियो । हिमाल पारिको जिल्ला मुस्ताङको अति दुर्गम तर महत्वपूर्ण धार्मिक गन्तव्य दोमोदरकुण्डको यात्रा साहशिक नै हुने मेरो अनुमान थियो । बेनीबाट म खेम केसी सहित मेरा दाईहरु शेरबहादुर केसी, याम बहादुर केसी, भक्तबहादुर केसी, नरबहादुर... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को घट्टेखोला कायम गर्ने निर्णय

म्याग्दी २६ साउन । म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थाई केन्द्र वडा नम्बर ३ को घट्टेखोला कायम गर्ने निर्णय भएको छ । साउन २३ र २४ गते लगातार दुई दिनसम्म मुनामा भएको गाउँसभा बैठकमा मुना र ताकम मध्ये एक ठाउँलाई गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने बिषयमा सहमती जुट्न नसकेपछि उपयुक्त स्थान पहिचानको... पुरा पढ्नुहोस

बेनी बजारमा नगरपालिकाले नि लगायो चटपटे बिक्रीमा प्रतिबन्ध !

  म्याग्दी, २५ साउन । म्याग्दी सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । “सडकमा ठेला राखेर... पुरा पढ्नुहोस

नेपाल राष्ट्रिय शिक्षक संगठनले गाउँ नगर तथा जिल्ला अधिवेशन गर्दै

म्याग्दी, २५ साउन । नेकपा एमाले निकट शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले गाउँपालिका, नगरपालिका र जिल्ला तहको अधिबेशन गर्ने भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले यस अघि राज्यपुर्नसरंचना अनुसार संगठनलाई समेत स्थानीय तह अनुरुप पुर्नगठन गर्दै संगठन निर्माण गर्न सूरु गरेको थियो । १२ आँै जिल्ला... पुरा पढ्नुहोस

न्यू संगम टे«र्डस् रिखार कपःशान्ति कोष र पत्रकार महासंघ बीच मैत्रीपूर्ण खेल हुने

म्याग्दी, २५ साउन । न्यू संगम टे«र्डस् रिखार कपको उदघाटन सत्रमा परोपकारी संस्था ओमकुमारी शान्ति कोष बेनी र पत्रकार महासंघ म्याग्दी शाखा बीच मैत्रीपूर्ण भलिबल खेल हुने भएको छ । बेनीबाट प्रकाशन भइरहेको रिखार राष्ट्रिय दैनिक पत्रिकाको पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म बेनीमा आयोजना हुने जिल्लाव्यापी वडास्तरीय... पुरा पढ्नुहोस