खेलकुद

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : म्याग्दीमा अन्तिम चरणमा

म्याग्दी, २५ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २७ गतेदेखि म्याग्दीमा सुरु हुदै छ । प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गरे पनि बजेट र खेल सामग्री नआएको जनाएको छ ।... पुरा पढ्नुहोस

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी पोखरामा

गण्डकी, २४ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ । गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पु¥याइएको थियो ।राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज ट्रफी... पुरा पढ्नुहोस

प्रथम मगर कप–२०२२ को मैत्रीपूर्ण भुरुष भलिबलको उपाधी मोना फ्रान्सलाई

फ्रान्स ११ असोज । मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप–२०२२ अन्तरगत मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्स बिजयी भएको छ । मगर समाज र मोना बिच भएको फाइनल प्रतियोगितामा मोना फ्रान्सको तर्फबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी हात पारेका हुन् । मोना... पुरा पढ्नुहोस

२० औँ अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिता हुने

म्याग्दी १० असोज । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नारा भन्ने मूल नाराका साथ सञ्चालन हुने २० औँ... पुरा पढ्नुहोस

एघारौँ बेनी बोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई (फोटो फिचर)

म्याग्दी १० असोज । म्याग्दी सदरमुकाम बेनीमा आज सम्पन्न एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकले हात पारेको छ । बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजिते प्रतियोगिताको फाइनलमा साविक बिजेता बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधी चुमेको हो । पहिलो हाफको... पुरा पढ्नुहोस

एघारौँ बेनी बोर्डिङ कप फुटवल प्रतियोगिताको उद्घाटन

म्याग्दी ७ असोज । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगिता अन्तरगत शनिवार विहानदेखि खेल प्रतियोगिता सञ्चालन हुनेछ । विद्यालयमा आयोजित उद्घाटन समारोहमा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले विद्यालय तहमा... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी घनिभूत

काठमाडौँ, ७ असोज : मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका... पुरा पढ्नुहोस

म्याग्दीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी सुरु

बेनी, ६ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दी सदरमुकाम बेनीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगितालाई सफल बनाउन आबश्यक तयारी सुरु गरिएको छ । असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म बेनीमा हुने उक्त प्रतियोगितालाई सफल बनाउन जिल्ला स्थित सरोकारवाला निकायहरुले आबश्यक तयारी सुरु गरेका हुन् । जिल्ला... पुरा पढ्नुहोस

भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

काठमाडौं ३१ भदौ । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी–बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद : नौ खेल पोखरा बाहिर

गण्डकी, भदौ ३१ । आउँदो महिना गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तय भएका ३६ खेलका प्रतियोगितास्थल टुङ्गो लागेको छ । तीमध्ये नौ खेल प्रदेश राजधानी पोखरा बाहिर हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बागलुङमा आइटिएफ तेक्वान्दो, म्याग्दीमा तेक्वादो र महिला भलिबल प्रतियोगिता हुनेछ । यस्तै... पुरा पढ्नुहोस