एयर पेस्तोलमा चम्किदै म्याग्दीकी रेनु

  • ५ कार्तिक २०७९, शनिबार
  • 645 पटक पढिएको

म्याग्दी ५ कार्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा महिला १० मिटर एयर पेस्तोलतर्फ म्याग्देली चेली रेनु रिजालले दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको छ ।


काठमाण्डौंको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट म्याग्दीकी रेनु रिजाल,बागलुङकी श्रृया केसी र निस्मा पौडेलले द्धितीय स्थान प्राप्त गर्नुभएको हो । प्रतियोगितामा नेपाल आर्मीको टिम प्रथम भएको थियो ।

२०५५ सालदेखि खेलकुद क्षेत्रमा प्रवेश गरेकी म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटकी रिजालले २०५५ सालमा नेपालगञ्जमा सम्पन्न चौंथो राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो ।

प्रतियोगितामा गण्डकी प्रदेशका शुटिङ खेलाडीले १० मिटर एयर पेस्टोल सिंगल तर्फ बाग्लुङकी श्रृया के सीले दोस्रो स्थान प्राप्त गर्नुभएको छ । पुरूष तर्फ कास्कीका बिजय कार्की तेश्रो स्थान हासिल गर्न सफल हुनुभएको छ ।