खेलकुद

अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधी मुक्तिमार्ग माविलाइ

बेनी, ३० कात्तिक ः अन्नपूर्ण गाउँपालिका–८ नांगीमा आइतबार सम्पन्न अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घारको मुक्तिमार्ग मावि च्याम्पीयन भएको छ । आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदक सहित गत वर्षको उपबिजेता मुक्तिमार्ग पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको बिजेता बनेको हो । सात स्वर्ण, नौ रजत र... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको नांगीमा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ र ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार i दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजना र हिमाञ्चल माध्यमिक विद्यालयको सहआयोजनामा शुक्रवारदेखि नांगीमा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद... पुरा पढ्नुहोस

मङ्गलामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, कत्तिक २० गते। म्याग्दीको मङ्गला गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता वडा नम्बर २ लाम्पाटा स्थित मङ्गला शिक्षा क्याम्पसको खेलमैदानमा सुरु भएको हो।  तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालयले सहभागीता जनाएका छन्। प्रतियोगितामा छात्र, छात्राको भलिबल, कबड्डी... पुरा पढ्नुहोस

रोमाञ्चक खेलमा नेपालले युएईलाई एक रनले हरायो

नेपालले आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको छ। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४० रन मात्रै... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको शालिक बनाइने

नेपालको राष्ट्रिय महिला भलिबलमा अतुलनीय योगदान पु¥याउँदै आएकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको शालिक बनाइने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो। नेपाली महिला भलिबललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु–याउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी शाहीको योगदानको कदर गर्दै उहाँको गृह जिल्लामा शालिक... पुरा पढ्नुहोस

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी, असार ८- जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिट बनाउन लागिएको हो । चार तहको २० मिटर लामो प्यारापिट बनाउन रु १९ लाख ९३ हजारमा... पुरा पढ्नुहोस

आयोजक र म्याग्दी कालीलाई नवौं मोना अस्ट्रेलिया कप भलिबलको उपाधि

अस्ट्रेलियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित नवौं मोना अस्ट्रेलिया कप भलिबल प्रतियोगिताको उपाधि आयोजक र म्याग्दी काली युनाइटेडले जितेको छ ।मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरलाई खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गरिने

म्याग्दी , २२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसंग जोडिने भएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५ बर्ष पूरा भएको अवसरमा आयोजित अन्नपूर्ण हीरक महोत्सवमा पहिलो पटक आयोजित म्याराथन दौड प्रतियोगिताले आधार शिविर क्षेत्रमा खेलकुद पर्यटनको सम्भावना उजागर गरेको हो ।... पुरा पढ्नुहोस

जेसीज सप्ताहको अवसरमा म्याग्दी जेसीज र पत्रकारबिच मैत्रिपूर्ण फुटसल

युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु सहभागी टिम र नेपाल पत्रकार महासंघ म्याग्दीमा आबद्ध पत्रकारहरुबिच भएको मैत्रिपूर्ण फुटसलमा ७/७... पुरा पढ्नुहोस