दिवंगत भारतीय अभिनेता ओम पुरीलाई ओस्कार समारोहमा श्रद्धाञ्जली अर्पण

  • १७ फाल्गुन २०७३, मंगलवार
  • 2451 पटक पढिएको

402260561OM-puri

काठमाडौं । ‘इस्ट इज इस्ट’, ‘गान्धी’, ‘सिटी अफ जोए’, ‘वुल्फ’जस्ता फिल्ममा अभिनय गरेका दिवंगत भारतीय अभिनेता ओम पुरीलाई ८९ औं ओस्कार पुरस्कार समारोहमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

जनवरीमा हृदयघातका कारण पुरीको मृत्यु भएको थियो । एबिपी न्युज अनलाइनका अनुसार उनीलगायत गत वर्ष दिवंगत भएका सम्पूर्ण हलिउड स्टारहरुलाई समारोहमा गायिका तथा गीतकार सारा भरेइलेसले भावपूर्ण सांगीतिक श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

भारतको नेसनल स्कुल अफ ड्रामाका छात्र रहेका ओम पुरीले रिचर्ड एटेनबरोको फिल्म ‘गान्धी’मार्फत अन्तर्राष्ट्रिय सिनेमामा कदम राखेका थिए । त्यसपछि उनले ‘इस्ट इज इस्ट’, ‘माय सल द फ्यानेटिक’ र ‘द पेरोल अफिसर’लगायत फिल्ममा काम गरेर अन्तर्राष्ट्रिय सिनेमामा ख्याति कमाएका थिए ।

ब्रिटिश फिल्म उद्योगमा सेवा गरेबापत पद्मश्री पुरस्कार विजेता ओम पुरीलाई ‘अर्डर अफ द ब्रिटिश एम्पायर’ सम्मानसमेत दिइएको थियो ।