रूसद्वारा बेलायतलाई ‘आगोसँग नखेल्न’ चेतावनी

  • ८ बैशाख २०७५, शनिबार
  • 2987 पटक पढिएको

शुक्रबार वसेको सिक्युरिटी काउंसिलको बैठककमा रुसका राजदूत वसिली नवेजिलाले ‘रसियालाइ बदनाम गर्नकाकालागी नचाहिने आरोपहरु लगाउँदै आएको’ बताउँदै बेलायतलाइ आगोसँग नखेल्न चेतावनी दिएका छन। ‘रुस संलग्न नभएको घटनाहरुलाइ जोडेर बेलायत आगोसँग खेल्न चाहिरहेको छ। यसले बेलायतलाइ पछि पश्चातापमा पार्ने छ।’ वसिलीले बताएका छन।

रुसका पुर्व जासुस र उनकी छोरीलाइ बेलायतमा बिष खुआएको बिषयपछि दुइदेशबिचको सम्वन्धमा चिसो बढेको थियो। बेलायतले ‘रुसले यस्तो काम गरेको’ आरोपसँगै यो बिषय चर्किदै जान थालेपछि रुसलाइ गरिएको कारवाही स्वरुप बेलायत, अमेरिका र जर्मनी लगायत अन्य मुलुकहरुले १ सय भन्दा बढी राजदूतलाइ फिर्ता पठाइसकेका छन।

आरोपको खण्डन गर्दै रुसले स्क्युरीटी काउन्सीलको बैठक बोलाएको थियो। ‘मस्कोले यहि बिषयमाथी छलफल गर्न यो स्पेसल बैठक बोलाएको हो। बेलायतले लगाएको आरोको कुनै प्रमाण पनि छैन। तर बेलायतले रुसको बिरुद्द गलत युद्द सुरु गर्न चाहन्छ।’ रुसका राजदूत बसिलीले बताए।

रुसका पुर्व जासुसलाइ दिएको बिषादीको नाम मात्र रुसी रहेको भए पनि अन्य देशहरुले पनि यस्तो बिषादी बनाउने गरेको दावी गर्दै ‘रुसले यस्तो तल्लो स्तरको आक्रमण खुलेआमा कहिल्यै गर्न सक्दैन।’

-सेतोपाती