म्याग्दी समाचार

सदनमा दर्ता भएको शिक्षा विद्येयक संशोधनको माग गर्दै असोज ३ गतेदेखि शैक्षिक हड्तालको घोषणा

बेनी, ३१ भदौ । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन – २०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका शिक्षकहरु आइतबार बिरोध प्रर्दशनमा सहभागि हुन काठमाडौ पुगेका थिए । नेपाल शिक्षक... पुरा पढ्नुहोस

मंगलेखानीको सिङ्गो गाउँ आलु र सिमी खेतीमा (फोटो फिचर)

कमल खत्री बेनी, ३१ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गर्नुभएको छ । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रुपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले करिब १५ रोपनी... पुरा पढ्नुहोस

मालिका आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईयो

म्याग्दी भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाईएको छ । बार्षिकोत्सवको अवसरमा विद्यार्थी र अभिभावकहरुले साँस्कृतिक झाँकी सहित गाउँ परिक्रमा गरेका थिए । कार्यक्रममा विद्यालयको उत्कृष्ट शिक्षक र उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षक होमकुमारी... पुरा पढ्नुहोस

सञ्चारिका समूह म्याग्दीको अध्यक्षमा जिसी

म्याग्दी, ३० भदौ । सञ्चारिक समूह नेपाल जिल्ला शाखा म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनले देवी जिसीको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सञ्चारिका समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्यक्षमा मनु... पुरा पढ्नुहोस

राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा तिज गीत प्रतियोगिता सम्पन्न

  म्याग्दी, ३० भदौ ।। राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको आयोजनामा हरितालिका तिज पर्वको अवसरमा आयोजित जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता शुक्रबार बेनीमा सम्पन्न भएको छ । २३ समुहको सहभागीता रहेको प्रतियोगितामा राज कुमार परियार प्रथम, रुपा विटालु द्धित्तिय, मंगला आमा समुह तृत्तिय र शाहिल विश्वकर्माले चौँथो स्थान हासिल गर्नुभएको... पुरा पढ्नुहोस

बाल कचहरी : बालअधिकार संरक्षणका लागि ११ बुँदे घोषणापत्र जारी

बेनी, ३० भदौ : म्याग्दीको मालिका गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न ११ बुँदे मालिका गाउँपालिका घोषणापत्र जारी गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालयमा बाल बालिकाहरुको सबालमा छलफलका लागि आयोजित बाल कचहरीबाट उक्त घोषणापत्र जारी गरिएको हो । सामाजिक विकास... पुरा पढ्नुहोस

मालिकामा राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाइयो (तस्बिर सहित)

म्याग्दी २९ भदौ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रवार राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरि मनाइएको छ । सामाजिक विकास कार्यालय, म्याग्दी र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा जनप्रिय माविमा रहेको जनप्रिय बाल क्लबको आयोजना, मालिका गाउँपालिकाको समन्वय र संगम म्याग्दीको सहजीकरणमा विद्यार्थीहरुबिचको प्रतियोगितात्मक र प्रतिभा प्रष्फुटन हुने... पुरा पढ्नुहोस

पिप्लेमा सार्वजनिक सुनुवाई: जनशक्ति ब्यवस्थापन नगर्दा  एक्सरेमेशिन प्रयोगविहिन

    म्याग्दी २९ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्लेमा शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयबासीले पिप्ले स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन लामो सयम देखि प्रयोगविहिन भएको गुनासो राखेका छन् । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर आधारभूत अस्पतालको सेवा संचालन गर्ने योजनासहित भिडियो एक्सरे र एक्सरे मेसिन खरिद गरेर राखेपनि... पुरा पढ्नुहोस

बालदिवसको अवसरमा विद्यार्थीहरुद्धारा विज्ञान विशेषाङ्क प्रकाशित

धु्रवसागर शर्मा दरबाङ (म्याग्दी) २९ भदौ । पश्चिम म्याग्दीको दरवाङमा अवस्थित के.वी एकेडेमीका विद्यार्थीहरुले भदौ २९ गते बालदिवसको अवसर पारेर ‘फूलबारी’ नामक अंग्रेजी भाषमा मासिक भित्ते पत्रिका प्रकाशन गरेका छन् । रचनात्मक कार्यक्रम गरेर बालदिवस मनाउने उद्धेश्य अनुरुप विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको पहलमा प्रकाशन भएको उक्त... पुरा पढ्नुहोस

बेनीमा छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु

  म्याग्दी, २९ भदौ । सदरमुकाम बेनीमा छात्र/छात्रा ब्याडमिन्ट प्रतियोगिता सुरु भएको छ। बेनी नगरपालिका ब्याडमिन्टन संघले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितालाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिको कवडहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा स्कूलका छात्र १७ टिम र... पुरा पढ्नुहोस