मुलुक

राष्ट्रपतिमा सघाए पूर्ण कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिने कांग्रेसको संकेत

काठमान्डौ ५ फागुन ।   नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री स्विकार्ने संकेत दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरे कांग्रेसले पनि पाँच वर्ष नै उनलाई दिएको समर्थन... पुरा पढ्नुहोस

अनेरास्ववियुको सचिवमा म्याग्दीका प्रकाश पौडेल विजयी

  म्याग्दी, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा म्याग्दीका प्रकाश पौडेल विजयी भएका छन् । शुक्रबार बिहान भएको मतपरिणाम अनुसार ५२८ मत लिएर पौडेल बिजयी भएका हुन् । सचिवमा विजयी पौडेल जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य निर्वाचित हुदै सचिवालय सदस्य र गण्डकी प्रदेशको संयोजक पदमा रहेर संगठनको... पुरा पढ्नुहोस

एकै साथ छ वडा कार्यालय भवन निर्माण सुरु

पर्वत ४ फागुन ।  पर्वतकाे  जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १, ४, ५, ६, ७ र ९ को भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी... पुरा पढ्नुहोस

उद्योग र पर्यटनलाई उकास्न प्रयासरत छौ – मन्त्री जुग्जाली

  पोखरा, ४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार... पुरा पढ्नुहोस

मुख्यमन्त्री कप : महिलातर्फ म्याग्दी विजयी ,कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी

स्याङ्जा, ३ फागुन । गण्डकी प्रदेश मुख्यमन्त्री कप –२०७९ मा महिलातर्फ म्याग्दी विजयी भएको छ । भने पुरुषतर्फ बागलुङ विजयी भएको छ । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बागलुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो । महिलातर्फ म्याग्दीले पर्वतलाई... पुरा पढ्नुहोस

स्थापना दिवसमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने

बेनी ३ फागुन । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा यही फागुन १५ गते उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार... पुरा पढ्नुहोस

धौलागिरि चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा चासो

  म्याग्दी, २ फागुन । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो... पुरा पढ्नुहोस

बेनी अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालन (तस्बिर सहित)

बेनी १ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिकहरुको उपचारमा सहजताको लागि ‘ज्येष्ठ नागरिक कक्ष’ सञ्चालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारका लागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ... पुरा पढ्नुहोस

गोरखाका उद्यमीलाई प्रविधि हस्तान्तरण

गोरखा, १ फागुन । गोरखाका उद्यमीहरुलाई आइतबार प्रविधि हस्तान्तरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्यमीहरुलाई उपकरण वितरण गर्नुभएको हो । दलित विपन्न तथा पराम्परागत सीप भएकाहरुको व्यवसाय विकासको उपकरण र प्रविधी हस्तान्त्रण अन्तरगत १२... पुरा पढ्नुहोस

चितवन–२ को उपनिर्वाचन वैशाख १० गते

काठमाण्डाै २९ माघ । निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । चितवन जिल्ला निर्वाचन... पुरा पढ्नुहोस