मेयरकप बास्केटबलको उपाधी अन्नपूर्ण गाउँपालिकाले जित्यो

  • ९ असार २०८०, शनिबार
  • 483 पटक पढिएको

 

म्याग्दी, ९ असार । कीर्तिपुर नगरपालिका कामठमाण्डौले आयोजना गरेको अन्तर स्थानीय तह( यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ।
शनिबार भएको फाईनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी जितेको छ । आयोजक किर्तिपुरलाई ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको हो । प्रतियोगितामा बिजेता बन्दै अन्नपूर्ण एकलाख नगद पुरस्कारसहित ट्रफी, मेडेल प्रमाणपत्र पुरस्कृत भएका थिए ।


अर्जुन विकको कप्तानीमा उत्तिएका अन्नपूर्णको टिममा रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा सहभागि हुनुभएको थियो ।
टिमको प्रशिक्षकमा सुमन तिलिजा पुन र ब्यवस्थापनमा बिसन राना पुन रहनुभएको थियो । अन्नपूर्णका यमन सेञ्चुरी उत्कृष्ट खेलाडीको उपाधी जित्नुभएको थियो । अन्नपूर्ण गाउँपालिकाले प्रतियोगितामा सहभागिताका लागि रु. एक लाख बजेट सहयोग गरेको थियो ।