म्याग्दीका प्रदेश सांसदद्वारा सडक स्तरोन्नतीमा प्राथमिकता दिएर बजेट विनियोजन

  • ९ असार २०८०, शनिबार
  • 287 पटक पढिएको

 

म्याग्दी, ९ असार । गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट बिनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत म्याग्दीमा आगामी आर्थिक वर्षमा ६८ वटा सडक, तीन वटा झोलुङ्गे पुल र सात वटा सडक पुल सम्बन्धी आयोजना कार्यान्वयन हुने भएका हुन् ।
ती सबै आयोजनाहरुका लागि रु. ७३ करोड बजेट बिनियोजन भएको गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक योजना पुस्तिकामा उल्लेख छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले सडक आयोजनामा बिनियोजन भएको बजेट कालोपत्र, नाली निर्माण, ढलान, सोलिङ र स्तरोन्नितिमा लगानी गरिने बताउनुभयो ।


“म्याग्दीमा प्रदेश सरकार मार्फत सञ्चालित तीन वटा पुराना सडक आयोजना सम्पन्न गराउन बजेट बिनियोजन भएको छ,” उहाँले भन्नुभयो “म्याग्दीका आठ/दश वटा शिर्षक बाहेक सबै नयाँ सडक आयोजना भित्रिएका छन् ।”
क्रमागत रुपमा सञ्चालनमा रहेका बेनी–दरवाङ सडकलाई रु. चार करोड, गलेश्वर–पिप्ले–भगवतिलाई रु. तीन करोड, ठेक्का प्रक्रीयामा रहेका अदिभारा र अर्जेखोला सडक पुललाई रु. एक करोड पचास लाख/ एक करोड पचास लाख, दरवाङ–दाङखोला–धारापानी–ताकम सडकलाई रु. एक करोड, दाङखोला सडक पुललाई रु. ७५ लाख, अर्कला मोटरेबल पुललाई रु. तीस लाख र छ्यारछ्यारे सडक पुललाई रु. साठी लाख बजेट बिनियोजन भएको छ ।
बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकलाई रु. पाँच करोड, दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतिलाई रु. पाँच करोड, दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि रु. चार करोड, बेनी–तोरीपानी हुदै पाखापानी सडकलाई रु. चार करोड बजेट बिनियोजन भएको छ । यी आयोजनाको डिपिआर बनाएर बहुबर्षे ठेक्का लगाइने भएको छ ।

दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ सडकलाई रु. दुई करोड, पखेर–बरंजा–महेश–धापुङ–ताराखोला सडक आयोजनालाई रु. दुई करोड, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बाग्लुङ सडक स्तरोन्नतिलाई रु. दुई करोड, लुलाङ–गुर्जा सडकलाई रु. दुई करोड, पखेर–बरंजा–बुकेनी–धापुङ सडकलाई रु. दुई करोड बिनियोजन भएको छ ।

बिम–मराङ–मल्कवाङ–कुहिने ठाडाखानी पाखापानी सडकलाई रु. एक करोड, रघुगंगा गाउँपाकिलाको केन्द्र मौवाफाँट देखि फुलवारी मतारे अक्षेत सिजलगाउँ धुपीचौरा हुदै रुइसे सडक स्तरोन्नतिका लागि रु. एक करोड, अन्नपूर्ण गाउँपालिकाको महभिर–दोसल्ले–काफलडाडा नागी सडक स्तरोन्नतिका लागि रु. एक करोड, मंगलाको पोक–पिपलबोट–छिस्वाङ–छ्यारछ्यारे सडकलाई रु. एक करोड, घारखोला–पाउदुर–किन्दु–स्वाँता सडकलाई रु. पचास लाख, दर्वाङ–देविस्थान सडकलाई रु. एक करोड, दरवाङ–देविस्थान–ताकम सडकलाई रु. एक करोड, ठेक्का आव्हान भैसकेको सिंगा सिस्नेरी–डाडाखेत–पुलाचौर–गान्धे–जगन्नाथ हुदै ढोलथान र पोक–नेटा–अर्मन–किमचौर–देउराली सडकलाई रु. पचास/पचास लाख बिनियोजन भएको छ ।
बेनपा–९ को कानेखोर तिनमाने हटिया पुलाश्रम सडकलाई रु. तीस लाख, बेनी–ठुलोखबरा–अर्जम सडकलाई रु. तीस लाख, डल्लेपिपल देखि राहुवडा फोहटे हुदै जामुनाखर्क सडकलाई रु. पचास लाख, खबरा–अर्जम मोटरबाटोलाई रु. तीस लाख, भगवति अधेरीखोला देखि खहरेखोला सम्म सडक स्तरोन्नतिका लागि रु. पचास लाख, मौवाफाँट देखि घट्टेखोला माछेखोला हुदै दुलेपानी जोड्ने सडक स्तरोन्नतिका लागि रु. तीस लाख बिनियोजन भएको म्याग्दी क्षेत्र (क) बाट निर्वाचित प्रदेश सांसद हरि भण्डारीले बताउनुभयो ।
रघुगंगाको रिजाल कुल मन्दिर देखि हुमेनटोल डढेकोट हुदै सिजलगाउँ, बेनपा १ को पिपलडाडाँ दमाह चौतारो मोटरबाटो स्तरोन्नति, बेनपा ६ र ५ को देउराली–भराले–पुत्लेढुङ्गा–पुला–भिरमुनी हुदै कुहुँ सडक, अन्नपूर्ण–६ को पोखरेबगर–बैसरी सडक स्तरोन्नतिका लागि रु. तीस/तीस लाखका दरले बजेट बिनियोजन भएको छ ।

बेनपा ६ को अवैचौरको घुम्ति देखि नेपाने राममन्दिर सडक स्तरोन्नतिमा रु. तीस लाख, अन्नपूर्णको घारखोला–नेपाने–किन्दु सडक स्तरोन्नति रु. ३० लाख, गलेश्वर मन्दिर देखि पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार जोड्ने सडकलाई रु. तीस लाख, हिदी–दुखु सडक स्तरोन्नतिका लागि रु. असी लाख, मालिका–४ को चिउरीबोट–सिस्नेरी सडकलाई रु. चालीस लाख बिनियोजन भएको छ ।

मालिकाको घाङ्लेपानी–दुर्लेक सडक निर्माणलाई रु. पचास लाख, धवलागिरीको कल्लेनी–मराङ–राम्चे सडकलाई रु. पचास लाख, मालिका–६ दरवाङको जनप्रिय मावि देखि उपल्लो दरवाङ सडक स्तरोन्नतिका लागि रु. ६५ लाख, बेनपा–९ को गलेश्वर मन्दिर देखि कालीगण्डकी नदी बाटो स्तरोन्नतिमा रु. चालीस लाख बिनियोजन भएको छ ।
मालिका–५ को पन्थोक सडक स्तरोन्नति, मंगलाको कुहुँ सडक स्तरोन्नति, थाईवाङ सडक र नाली योजना, मुदी सडक र नाली निर्माण, बिम तल्लोगाउँ डाडागाउँ बाटो स्तरोन्नति तथा नाली बनाउन, सिम–डडुवा–टोड्के सडक, आनन्दबगर–ढोडेनी सडक, कास्कीको उल्लेरी र म्याग्दीको घोडेपानी वैकल्पिक सडक, चित्रे–घोडेपानी, बेनपा–१० को दिपक मावि पछाडीको वाई चोक देखि हिला सम्मको सडक स्तरोन्नति, घ्याँसीखर्क मुस्ताङ लेते सडक, पोक भोर्लेनी, कोटगाउँ–रायखोर, धवलागिरीको सोलवाङ सडकलाई रु. तीस/तीस लाखका दरले बिनियोजन भएको छ ।
मालिकाको शिवरात्रीखोला पुललाई रु. पचास लाख, रघुगंगाको कालावाङ सडक पुललाई रु. तीस लाख र धवलागिरीको गुर्जा जोड्ने सडकको दरखोला मोटरेबल पुल बनाउन रु. असी लाख बिनियोजन भएको छ । झोलुङ्गे पुलहरुको निर्माणका लागि र. एक करोड, पाउद्धार तातोपानी झोलुङ्गे पुललाई रु. ७५ लाख र धवलागिरीको जापानीज आधार शिविरमा झोलुङ्गे पुल बनाउन रु. ३२ लाख बिनियोजन भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने गरि मालिका–७ को प्रभुचेला ध्यान आश्रममा पूर्वाधार बनाउन रु. पचास लाख, पुजिगत अनुसन्धान तथा परामर्श शिर्षकमा रु. पचास लाख, प्रादेशिक सडक सुरक्षा कार्यक्रमलाई रु. पचास लाख, सालबसाली रुपमा सम्पन्न गर्ने गरी सुरु भएका तर सम्पन्न हुन नसकी दायित्व सिर्जना भएका योजनाहरुको भुक्तानीका लागि रु. एक करोड, कालोपत्र/ग्राभेल/माटे सडक सतहको नियमित आवधिक र आकस्मिक मर्मतमा रु. ततीस लाख, बाढी पहिरोबाट क्षतिग्रस्त सडक, पुल र झोलुङ्गे पुलको आकस्मिक पुर्नस्थापनामा रु. एक करोड, सरकारी भवन मर्मत सम्भार तथा निर्माण शिर्षकमा रु. पचास लाख बिनियोजन भएको छ ।