नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको सेक्रेटरीमा राम सी
- ६ असार २०८०, बुधबार
- 383 पटक पढिएको
म्याग्दी, ६ असार । नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको सेक्रेटरीमा राम सी लाई चयन गरिएको छ। मंगलबार नेकपाको धौलागिरि ब्युरोको तेस्रो पूर्ण बैठकले राम सी लाई सेक्रेटरीमा चयन गरेको हो ।
नेता राम सीले पार्टीले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै पार्टीको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको वताएका छन्। यो अवसर र जिम्मेवारीलाई पूर्ण रुपमा पुरा गर्न जस्तो परिस्थितिमा तयार रहने उनको भनाई थियो।
यस अघि नेकपाको जिल्ला कमिटिको सचिवालय सदस्य रहेका राम बेनी नगर कमिटिको इन्चार्ज, श्रमिक समुदायको केन्द्रीय सदस्य, तथा श्रमिक समुदायको ब्युरो संयोजक समेत भइसकेका छन् ।
५७ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका राम सी नेकपाको पूर्णकालीन कार्यकर्ताको रुपमा लामो समय देखि काम गर्दै आएका छन्।