सबै गीतलाई पछि पार्दै “जुम्रे ज्वाई” (भिडियो सहित)

  • ६ असार २०७४, मंगलवार
  • 2265 पटक पढिएको

लोकप्रिय सर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको तिजगीत “जुम्रे ज्वाई” यतिबेला युट्यव च्यानलको टे«ण्डि आठौ स्थान हासिल गर्दै चर्चाको शिखरमा रहेको छ । युट्युवमा अपलोड भएको ३४ घण्टामा ५० हजार भन्दा धेरै दर्शकले हेरेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक पन्तको उक्त गीतलाई धेरै दर्शकले रुचाएका छन् ।

तिज सम्बन्धी थुप्रै गीतहरु बजारमा आएपनि उनको गीत सर्वाधिक रुचाईएको छ । दुई दिनमै गीत सबैको मनमुटुमा वस्न सफल भएको छ । उक्त गीतमा पन्त र देवि घर्तिको स्वर रहेको छ । पन्तकै शब्द, संगीत र लय रहेको उक्त गीतमा अधिकाँस हास्य कलाकारहरुले अभिनय गरेका छन् । पन्तका अधिकाँस गीतहरु चर्चाको शिखरमा रहेका छन् । समय सापेक्ष, माया प्रेम, सामाजिक विषय वस्तु लगायतका कुरालाई आधार बनाएर गीत लेख्ने, गाउने गायक पन्तका गीतहरुलाई आम दर्शकले रुचाउने गरेका छन् ।

भिडियो