मोडल अफ म्याग्दी सिजन–३ र लिटिल मोडल अफ म्याग्दी सिजन २ बेनीमा हुने

  • ११ श्रावण २०८०, बिहीबार
  • 403 पटक पढिएको

 

बेनी, ११ साउन । म्याग्दीमा लुकेर रहेका कला, सस्कृती र प्रतिभालाई उजागर गराउन मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी हुने भएको छ।

साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित सहभागिता रहने मोडेल अफ म्याग्दीमा भर्ना सुरु भएको किङस्टार क्रियसन प्रालिका ब्यवस्थापक सुमन खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।

मोडल अफमा सहभागी हुनेलाई एक महिनाको प्रशिक्षण, फोटोशुट, भिडियोशुट, ब्यक्तित्व र नेतृत्व विकासको लागि क्षमता अभिृवृद्धि लगायतका तालिम दिईने ब्यवस्था रहेको ब्यवस्थापक खड्काले बताउनुभयो । विभिन्न गिफ्ट ह्याम्पर, क्राउन, ट्र्फी र प्रमाणपत्रसहित नगद पच्चिस हजार रुपैयाँ पुरस्कारले पुरस्कृत गरिने छ ।

जिल्लाका सम्पुर्ण स्थानीय तहबाट सहभागी हुन पाउने पाउने गरि १४ देखि २९ वर्ष उमेर भित्रका मोडल अफ म्यादी सिजन –३ र ६ देखि १३ वर्ष उमेर समूहका समुहले लिटिल मोडेल सिजन–२ मा सहभागी हुन पाउने छन।

यस कार्यक्रमको फाईनल भदौ ९ गते जिल्ला सभन्वय समितिको सभाहलमा गरिने ब्यवस्थापक खड्काले भन्नुभयो ।