बेग गाउँ चिनाउन नक्कु पुर्जा र तारा पुर्जाको शिरफुल भाका सार्वजनिक (भिडियो)

  • २२ आश्विन २०८०, सोमबार
  • 757 पटक पढिएको

म्याग्दी, २२ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगको पहिचान गर्ने गरि शिरफुल गीत सार्वजनिक गरिएको छ । ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावन बोकेको बेग गाउँको पहिचान र प्रचार गर्ने हेतुले नक्कु पुर्जा र तारा पुर्जाको शिरफुल भाका म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।

रोजगारीको शिलशिलामा बेलायत पुगेर पनि आफ्नो जन्मस्थान बेगमा पूर्वाधार निर्माण तथा स्थानिय पहिचानको संरक्षणमा लाग्नु भएका नक्कु पुर्जा र तारा पुर्जाले आफ्नो लगानीमा जन्मस्थानको पहिचान गराउनुका साथै मौलीक संस्कृतिको जगेर्नाका लागि उक्त भिडियो सार्वजनिक गर्नु भएको हो ।


सालैजो(बेगको गाउँ) नामको उक्त गितको म्युजिक भिडियो नक्कु पुर्जाको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गगन पुन र लाली बुढाथोकीको स्वर रहेको उक्त गितको लय तथा शब्द संयोजन नक्कु पुर्जा र तारा पुर्जाले गर्नुभएको छ । एरेन्ज एलबि पुनको रहेको उक्त गितको रेकर्डीङ पुन डिजिटल लामाचौर पोखरामा भएको हो ।
नगेन पुर्जा, पुष्पा पुर्जा, नक्कु पुर्जा तथा मैना फगामीको अभिनय रहेको म्युजिक भिडियोमा टिपिकल नेपाली गितका साथै भेषभुष हेर्न पाइन्छ । छवि मगरले सम्पादन गर्नु भएको उक्त कृतिको निर्देशन मौसम पाइजाले गर्नुभएको थियो भने छायांकन कमल पुनले गर्नुभएको हो ।