राखु चिनाउने ‘आउ है राखु कोतमा,,,,’ भिडियो गित सार्वजनिक

  • २५ कार्तिक २०८०, शनिबार
  • 297 पटक पढिएको

 

म्याग्दी, २५ कात्तिक । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ,,,, आउ है राखु कोतमा,,, भिडियो गित सार्वजनिक भएको छ । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने भिडियो गित सार्वजनिक गर्नुभएको हो ।


धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र अन्नपूर्ण हिमालको काखँमा देखिने राखु भगवती गाउँको दृष्य छायाँकान गरि निर्माण गरिएको गितलाई फौद केसी यूट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको छ ।

उक्त गितको शब्द र स्वरमा फौद कटुवालसंगै लक्ष्मी मल्लले साथ दिनुभएको छ । गितमा गायक एवम् संगितकार बसन्त थापाले संगित भर्नुभएको छ। मोडल युश भट्टराई, गायक एवम् शब्द संकलन कटुवाल र दर्शन केसी लगायतको अभिनय रहेको भिडियो गितको निर्देशन भुपेन बानियाँले गर्नुभएको छ।

गितमा राखु गाउँको एतिहासिक धार्मिकस्थल भगवती कोत मन्दिर र पछिल्लो समय पर्यटकीयस्थलमा विकसित भएको धौलागिरी आईसफल पदमार्गमा पर्ने रुईसे भेडिओढारलाई समेटिएर भिडियो निर्माण गरिएको छ।

(742) Aau Hai Rakhu Kotma – Phauda KC • Basanta Thapa • Laxmi Malla • Yashu Bhattrai •New Nepali Song 2080 – YouTube

उक्त गित रेकर्ड गर्नका लागि विदेशमा रहेको राखुका दाजुभाईले र देउँसीभैलोमार्फत सहयोग जुटेको कटुवालले बताउनुभयो ।