शतक बर्ष अघिको कथा बस्तुलाई समेटिएको तीज गीत‘छोरी’ म्युजिक भिडियोमा (भिडियाे सहित)

  • ९ श्रावण २०८०, मंगलवार
  • 521 पटक पढिएको

म्याग्दी ९ साउन । एक सय बर्ष अघिको कथा बस्तुलाई समेटेर तयार गरिएको तीज गीत ‘छोरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । म्याग्देली कलाकार नकुल ढकालको शब्द तथा लय संकलनमा तयार भएको छोरी गीतको म्युजिक भिडियोमा तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेर राणाले सति प्रथा उन्मुलन गरेको सन्दर्भ समेतलाई जोडिएको छ ।


एक सताब्दी पहिलाको परिवेशलाई समेटिएको गीत भएकाले सोही समयकै पोशाक, रितिरिवाज, , संकार र चलन चल्तीलाई म्युजिक भिडियोमा उतार्ने जमर्को गरिएको म्युजिक भिडियोका निर्देशक समेत रहनुभएका कलाकार ढकालले बताउनुभयो । यस गीतमा तीजमा छोरीलाई माइतिमा ल्याउँदा बुबा आमा र परिवारको खुसी संगै सासु ससुराले बुहारीमाथि गर्ने कडोर व्यवहारलाई समेत चित्रण गर्न खोजिएको छ ।

अर्को तर्फ यस गीतमा समाजमा परम्परागत रुपमा जड बनेको छुवाछुत र बालविवाहको अवस्थालाई समेत उजागर गरिएको छ । यस गीतमा सर्जक नकुल ढकाल,पार्वती जिसी, सरस्वती लामिछाने, रवि कार्की र अस्मिता डल्लाकोटीले स्वर दिनुभएको छ ।

तारानाथ आचार्यले संगीत संयोजन गर्नुभएको यस गीतको म्युजिक भिडियोमा सर्जक ढकाल, अनु पराजुली, अनिता बस्नेत, धुर्व जिसी,, विज्ञान हमाल, मेनुका पुन, गणनाथ पौडेल, संगित ढकाल लगायतले अभिनय गर्नुभएको छ भने क्रियटिम मिडिया प्रोडक्सनले भिडियो उत्पादन गरेको छ ।