नेपाली महिला समाज कतारकाे रमाइलो तिज तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २२ भाद्र २०७६, आईतवार
  • 4102 पटक पढिएको

तिलु शर्मा पौडेल

दोहा कतार । “नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मूल नारा बोकेको नेपाली महिला समाज कतारले रमाइलो तिज तथा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । नेपाली दूतावासको हलमा संस्थाकी कार्यवाहक अध्यक्ष अमिना खानको सभापतित्व तथा नेपाली नियोग कि द्वितीय सचिव ऋचा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नियोगकै द्वितीय सचिव जिना भट्टराई, तृतीय सचिव मनीषा अर्याल, एनआरएन कतार कि महिला उपाध्यक्ष सरिता पौडेल भण्डारी लगायत अमृता अधिकारी, सम्झना भण्डारी, जानुका जोशी, सुषमा कोइराला थापा, माया केसी, सरिता गुरुङ , मञ्जु खनाल, पुष्पा हमाल, रेनुका कार्की, गोमा मगर विशेष सहयोगी संस्था प्रतिनिधि लगायतका व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो । साथै सञ्चारकर्मी लगायत सामाजिक अभियान्ताहरु सङ्घ संस्था प्रतिनिधि सहित महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बिधिबत उद्घाटन सहित अघि बढेको कार्यक्रममा द्वितीय उपाध्यक्ष जानुका बस्नेत खड्काले स्वागत मन्तव्य कार्यक्रमको उद्देश्यको बारेमा प्रस्ट पारेकी थिइन । एनआरएन कतार कि महिला उपाध्यक्ष सरिता पौडेल भण्डारी, सामाजिक अभियान्ता माया केसी, रेनु कार्कीले सचेतना सम्बन्धी आफना सन्देशमूलक बिचार सम्प्रेषण गरेका थिए ।

उनीहरूले महिलाहरू एकजुट हुनु पर्नेमा जोड दिँदै प्रवासमा फुर्सदको समयलाई सामाजिक क्षेत्रमा लगाउन आग्रह गरे । कसैको बहकाऊ र चिल्ला कुरामा नहिँड्न आग्रह गर्दै जानेको ज्ञान सिप सबै सँग बाँड्न आग्रह गर्दै खानपान र स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिएका थिए । कसैको दवाबमा नबस्न आग्रह गर्दै अधिकार र समृद्धि महिलाका पनि कर्तव्य र अधिकार भित्र पर्ने भन्दै कर्तव्य बोध गरेर जिम्मेवार नागरिक बन्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा सन्ध्या अर्याल (कलाकार संयोजक) सहित दीपिका विश्वकर्मा, गङ्गा बस्नेत, टिका लवार, तारा सोनी, दीपा वली, चित्रा खत्री,स्तुति शाक्य, मरिता परियार, जिना मगर, सविया खातुन, सविता, सृजना, मुना गिरी, लक्ष्मी गिरी लगायतका कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए भने प्रमुख अतिथि भट्टराईले कतारमा रहेका हरेक नेपाली महिलाहरूको पिडामा सहयोग गर्न नेपाल सरकार र नियोग सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेकी थिइन । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना), बाँके सेवा समाज, अन्तर्राष्ट्रिय रोल्पाली समाज धानुक सेवा समाज कतार सह-आयोजक रहेको उक्त कार्यक्रमलाई समाजकी महासचिव अम्बिका खत्रीले सञ्चालन गरेकी थिइन । कार्यक्रमको सम्पान गर्दै सभापति खानले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरेकी थिइन ।