विद्यार्थीलाई अभिमुखीकरण

  • ६ जेष्ठ २०७६, सोमबार
  • 2055 पटक पढिएको

मुना ६ जेठ । धवलागिरी गाउँपालिका ३ फलीयागाउँमा रहेको धनजनता माविका विद्यार्थीहरुलाई आइतबार स्वास्थ्य जिवनशैली, खानपान र स्वास्थ्य जाँचको महत्वबारे अभिमुखीकरण गरिएको छ ।


गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको आयोजनामा कक्षा ९ का ३६ जना विद्यार्थीहरुलाई परियोजाका वास सहजकर्ता होसियारसिङ विश्वकर्माले सहजिकरण गर्नुभएको थियो । विद्यार्थीहरुलाई जंक फुडको असर बारेमा जानकारी गराएर घरायसी खाद्यान्नको खाजा उपभोग गर्न अनुरोध गरिएको थियो ।

अभिमुखीकरणमा सहभागि सञ्जन भण्डारी र नरदेवी विश्वकर्माले सिकेको कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुभयो । सहभागिहरुले खाजा खर्च वापत प्राप्त गरेको पाँच हजार रुपैयाँ मध्य दुई हजार २५० रुपैयाँबाट फिल्टर खरिद गरेर कक्षा कोठामा राख्ने निर्णय गरेका छन् । शिक्षक दुर्गाबहादुर खड्काले कार्यक्रमको समापन गर्नुभएको थियो ।