समाजिक अभियान संस्था किन र के का लागी आजको बहस

  • ८ बैशाख २०७६, आईतवार
  • 4449 पटक पढिएको

तिलक भण्डारी (कमल)–

बैदेशिक रोजगारको शिलशिलमा लामो समय देखि अरब बस्ने बाध्य बनायो रोजि रोटिले गर्दा यसैको सेरोफेरोमा बसेर हर्दा सामाजिक कार्यमा पनि लाग्नु पर्छ भन्ने चाहाना भित्रबाट पालाएको थियो तर यो चाहाना आज बाट पक्कै पनि होइन हिजो विदयार्थी जीवनकालबाट नै चाहाना र इच्छा हुँदा पनि यसलाइ गोजिमा पोका पारी बसेको थिए । तर अ।ज आएर यो कुबेतको नगरीमा समाजिक अभियान चलेको देख्दा मलाइ पनि र तमाम अन्य मेरो क्षेत्रबासी मित्रलाइ पनि समाजिक अभियानमा लाग्नु पर्छ भन्ने थियो।

यो समाजिक अभियानलाइ निरन्तर दिनु पर्छ भन्ने हामी सबैको चाहाना पनि छ र चाहाना हुनु पनि पर्छ किन कि मानिस समाजिक प्राणी हो समाजलाइ आफुले दिन सक्ने योगदान दिनुपर्छ सबैल आफनो ठाउँबाट तर बिडम्वना सामाजिक अभियानको नाममा अनेर्को बिकारल अवस्था देख्न सकिन्छ यो कुबेतको नगरीमा समाजिक संघ सस्था के हो र किन कस्को लागी भन्ने बुझेको पटकै देखिन समाजिक अभियानको नाममा एउटा नेपालीले अर्को नेपालीलाइ रोजगार दिलाउने बहानामा बन्धक बनाएर राख्ने र चर्को शुल्क असुल्ने किमार्थ यो मान्य हुने छैन ।

हिजो आज यो समेत दिखिन थाल्यो कि समाजिक अभियान कर्ता पनि यस्तै गतिबिधिमा संलग्न भएको देखिन्छ यसर्थ यस्ता कार्यमा नलगान र अन्य नेपालीलाइ पनि सचेत गराइ अगाडि बढनु समाजिक अभियान्ताको मुख्य जिमेवारी भुमिका रहन्छ । तर यदि सच्चा मनले कसैलाइ रोजिरोटिको लागी सहयोग गर्न सकिन्छ भने सबै भन्दा ठुलो मानविय धर्म नै यहि हुनेछ किन कि तपाइको सहयोगले उसको दश जनाको परिवारले जिवन राम्रो सग चलाएको हुन्छ । त्यसकारण सबै नै धर्म हो भन्ने मोनभाब लिएर समाजिक कार्यमा लाग्नु भयो भने पकै पनि तपाइको भलो हुनेछ ।