ज्योति युवा क्लव नयाँ कार्यसमिति गठन

  • २८ पुष २०७५, शनिबार
  • 1225 पटक पढिएको

 

डडुवा/म्याग्दी २८ पुष । बेनी नगरपालिका ५ डडुवामा शनिबार भएको भेलाले दिनेश कार्कीको अध्यक्षतामा ज्योति युवा क्लवको कार्यसमिति पुर्नःगठन गरेको छ ।क्लवको उपाध्यक्षमा मनिष केसी, सचिवमा अशोक भण्डारी, कोषाध्यक्षमा सुजता खत्री र सहचिवमा उदय सुन्दास रहेका छन् । यसैगरी सदस्यहरुमा रक्षा थापा, पारस भण्डारी, अप्सन गोतामे, डेकबहादुर पाइजा, चन्द्र बानिया, धनबहादुर पाइजा, जितबहादुर पाइजा र अर्जुन नेपाली रहेका छन् ।

उक्त भेलाले निवर्तमान अध्यक्ष प्रदिप पाइजाको संयोजकत्वमा भद्रबहादुर पाइजा, नरबहादुर खत्री, तोकबहादुर कार्की र सुवास कार्की सदस्य रहेको सल्लाहकार समिति गठन गरेको छ । क्लवले माघ ६ गते डडुवाको ज्योति आधारभुत विद्यालयका बालबालिकाहरुलाई एक दिने बाल सचेतनामुलक प्रशिक्षण गर्ने निर्णय गरेको छ ।