लोक तथा दोहोरी गीत प्रतिष्ठान दुबई शाखाको अधिबेशन साँस्कृतिक कार्यक्रम सहित सम्पन्न

  • ११ असार २०७५, सोमबार
  • तिलु शर्मा पौडेल
  • 3540 पटक पढिएको

‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नब प्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारा लिएर २०५८ सालमा सामाजिक सस्थाको रुपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दुबई शाखाको प्रथम अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम गत शुक्रवार यूएईस्थित बरदुबईको एभरेष्ट होटलमा तदर्थ समिति सयोजक गोपीकृष्ण पंगेनीको सभापतित्व तथा नेपाली राजदूतावास यूएईका कार्यवाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख रमेश बिजी , केन्द्रीय सदस्य कृष्ण आशु , राजदूतावास यूएईका श्रम सहचारी मोतीराम भुषाल , एनआरएनए एनसीसी युएइ , नेपाली समाज, बिजिनेस काउन्सिल, पत्रकार महासंघका अध्यक्ष लगायतका ब्यक्तिहरुको बिशिष्ट आतिथ्यता रहेको थियो भने बिभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार तथा कलाकारहरुको आतिथ्यता रहेको थियो ।

राष्ट्रिय गान ,ब्यानर अनावरण तथा दिप प्रज्वलन सहित अगाडी बढेको कार्यक्रममा महिला उपसंयोजक ओम कुमारी खाडले स्वागत मन्तब्य राखेकी थिइन । खुल्ला तथा बन्द सत्र गरि दुइ चरणमा विभाजन गरिएको कार्यक्रममा सुभकामना मन्तब्य राख्ने क्रममा बिजिले प्रदेशमा रहेका सम्पूर्ण कलाकारहरुलाइ बिसुद्ध सांगीतिक मनले सस्थामा आबद्धताको लागि आग्रह गर्दै लोक गित सङ्गीतको हितमा निरन्तर लागि रहन सुझाब दिएका थिए । मन्तब्यकै क्रममा प्रमुख अतिथि फूयालले युएइमा हालसम्म खोलिएका संघ संस्था भन्दा यो सस्था बिल्कुलै फरक रहेको र यसको नाम लिदा पनि नेपालिपन लोकपन माटोको गन्ध आउने भन्दै दुताबासबाट सस्थाको लागि हुन् सक्ने सम्पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । ओमप्रकाश पोखरेलले सहजीकरण गरेको खुला सत्रको समापन गर्दै सभापति पंगेनीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाइ धन्यबाद दिएका थिए ।

पहिलो चरणको समापनसंगै कार्यक्रम दोश्रो चरण अर्थात बन्द सत्रमा प्रबेश गरेको थियो । एकेन्द्र थापाको संयोजकत्वमा निर्भिक नारायण भुर्तेल र खिमलाल पाण्डे सदस्य रहेको निर्बाचन समितिले उम्मेद्वारी फर्म लिदै सर्ब सम्मत निर्बिरोध चुनिएका २५ सदस्यीय समितिको नामावली पढेर सुनाएका थिए । समितिको अध्यक्षमा गोपिकृष्ण पंगेनी, उपाध्यक्षमा ओमकुमारी थयम्वु (खाँड) र नारायण न्यौपाने चयन भएका छन् । त्यस्तै सचिवमा ओमकार पोखरेल ,महिला सचिव लक्ष्मी केसी, सह–सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष बिक्रम पौडेल र सह–कोषाध्यक्षमा गोपाल भट्टराई रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा प्रकाश ढकाल, राजेश भण्डारी, हेमबहादुर भण्डारी, अनिस दुवाडी, वीरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह, रमेश राणा, केविनजंग शाही, नरेन सापकोटा, बिमादेवि न्यौपाने, मनु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुली रहेका छन् ।

समितिले निर्बा्चित प्रमाण पत्र प्रदान गरे लगत्तै नब निर्बा्चित कार्य समितिलाई मायाको चिनो स्वरूप प्रतिस्ठानको लोगो अंकित मेटल ब्याच प्रदान गर्दै उपाध्यक्ष बिजिले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । तिब्र रुपमा सन्चालन गरिएको कार्यक्रमको अन्तिम सबै समय सङ्गीत मय भएको थिया। प्रतिष्ठान युएइमा आबद्ध कलाकार लगायत नेपालबाट पाल्नु भएका अतिथि द्धय कलाकारहरुले आ–आफनो सांगीतिक प्रस्तुति मार्फत उपस्थित सबैलाई मनोरन्जन प्रदान गरेका थिए । खचाखच भिड रहेको कार्यक्रमको अन्त्यमा अतिथि कलाकार र प्रतिस्ठानका कलाकार बीच घम्साघम्सी दोहोरि चलेको थियो । बन्द शत्रलाई ओम कुमारी खाडले सहजीकरण गरेकि थिइन ।

तिलु शर्मा पौडेल