जिसीले लरक्कै पारेपछि (भिडियो सहित)

  • १२ चैत्र २०७४, सोमबार
  • 1931 पटक पढिएको

म्याग्दी । लोकदोहोरी गायक धु्रव जिसीले “भेट हुँदा जहिल्यै ठिक्क” बोलको नयाँ गीत लिएर बजारमा आएका छन् । गायक जिसी र पूर्णकला विसीको स्वरमा रहेको उक्त गीत रचना तथा संगीत कस्तुप पन्तले गरेका हुन् । जिसीले उक्त गीतलाई युवा युवति रुचाउने बताए । उनले भने गीतले युट्युवमा पनि राम्रो भ्यूअर्स पाएको छ ।

पछिल्लो समयमा गीतको लोकप्रियता युट्युव मार्फत मापन गरिने गरिएको छ । मोडेलिङ, गायन र व्यवसायमा एकसाथ अगाडि बढेका जिसीले यस अघि पनि थुप्रै लोकप्रिय गीत बजारमा ल्याईसकेका छन् । पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल जिसी विगत ४ वर्षदेखि निरन्तर गीत संगीतको क्षेत्रमा कृयाशिल रहेका छन् । शंकर विसिले निर्देशन गरेको उक्त गीतमा विसी स्वयम् र करिष्मा ढकालले अभियन गरेका छन् ।
भिडियो ।