#Dhaulagiri

पहिरोले लघुजलविद्यूत अवरुद्ध हुँदा लुलाङको सिंगो वडा अन्धकार

बेनी, २८ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले क्षति भएपछि गाउँ नै अन्धकार भएको छ । विहिवार विहान करिब १० बजे मरेनी स्थित विद्युतगृहदेखि माथिको भिरबाट खसेको पहिरोले विद्युतगृहमा पूर्ण रुपमा क्षति भएको छ । विद्युतगृहको महत्वपूर्ण उपकरणहरु पहिरोले पुरिएर... पुरा पढ्नुहोस

न्यू धौलागिरिको इकाईगत साधारणसभा शुरु

म्याग्दी २० पुस । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलबारदेखि इकाईगत २३ औ साधारणसभा शुरु गरेको छ । मुख्य कार्यालय इकाईको बेनीमा भएको साधारणसभाको गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो । साधारणसभा उद्घाटन गर्नुहुदै प्रदेशसभा सदस्य गौचनले उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर स्वरोजगार... पुरा पढ्नुहोस

गाउँमा सरकार पुग्यो, सडकको सहज सुविधा पुगेन

कमल खत्री बेनी, १५ पुस : धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सूचारु भएपछि स्थानीयबासी निकै उत्साहित बने । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक पाँच बर्ष अघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुले धवलागिरिमा विवादित रहेको केन्द्रको टुंगो गाउँसभा मार्फत मुनाको घट्टेखोलामा कायम गरे । तत्कालिन मुना गाउँ विकास... पुरा पढ्नुहोस

दुर्गमबाट जन्मिएको महिला नेतृत्व

कमल खत्री बेनी, २४ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ को चन्द्रज्योति मावि, खिवाङको प्रअको जागिर छाडेर गाउँपालिकाको नेतृत्वमा आउनुभएको हो, थमसरा पुन । जन्मगाउँकै विद्यालयमा १० बर्ष लामो शिक्षण पेशा र ५ बर्ष लामो प्रअको जिम्मेवारीको भारी विसाएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकी पुनले स्थानीय तहको नेतृत्वमा आफ्नो पाँच बर्षे कार्यकाल... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा पर्यटक : ‘पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल’

कमल खत्री बेनी, ८ असोज  । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्ग ओझेलमा परेको छ । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरु हेलिकोप्टर मार्फत जान थालेपछि धौलागिरि पदमार्ग सुनसान बनेको छ । सरकारले भदौ... पुरा पढ्नुहोस