विशेष

कोरोना सङ्क्रमणका कारण बागलुङ नगरपालिकाको सेवा बन्द

बागलुङ २६ असाेज । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द  गरेको छ ।  नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टी भएपछि  नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।  नगरपालिकाका जनप्रतिनिधि,... पुरा पढ्नुहोस

धवलागिरिका पहिरो पीडितकोे पुर्नस्थापनाको लागि पोर्तुगलबाट ३ लाख बढी सहयोग

म्याग्दी २५ असोज । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी, पहिरोबाट विस्थापित भएकाहरुको पर्नस्थापनाको लागि पोर्तुगतमा रहेका नेपालीहरुबाट रु ३ लाख बढी सहयोग प्राप्त भएको छ । पोर्तुगलमा रहनुभएका धवलागिरि गाउँपालिका–७ मच्छिमका युवा तेजिन्द्र छन्त्याल, होमबहादुर छन्त्याल, गणेश छन्त्याल, फलियागाउँका बिबश भण्डारी, मराङका कृष्ण गुरुङ, लुलाङका गंगबहादुर विक, गुर्जाका फट छन्त्याल, लमसुङका... पुरा पढ्नुहोस

मौवाफाँटको मनै लोभ्याउने धानखेतको फाँट (फाेटो फिचर)

म्याग्दी २५ असोज । रघुगंगा गाउँपालिका–३ मौवाफाँट । मौवाफाँटदेखि कलजाबाङसम्मको फाँटको हरियाली धान खेतको मनहोक दृष्य मनै लोभ्याउने खालको छ । यहाँ परम्परागत रुपमा धान खेती हुँदै आएको छ । मार्सी, जाडो लगायतका परम्परागत धानखेतीलाई यहाँ निरन्तरता दिईएको छ । पछिल्लो समय केहि उन्नत जातको धान खेती समेत सुरुवात भएको... पुरा पढ्नुहोस

पुर्वाधार विकासले पर्यटकीय गन्तव्य बनेको झाँक्रीपानी ( तस्विरमा )

म्याग्दी, २५ असोज । पुर्वाधार विकासले मंगला गाउँपालिका– ४ मा रहेको झाँक्रीपानी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । धौलागिरी हिमालसंगै निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने पर्यटकियस्थल झाँक्रीपानीमा पुर्वाधार विकासले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । प्राकुतिक सुन्दरताले भरिपुर्ण २ हजार ५ सय मिटर उचाईमा... पुरा पढ्नुहोस

देविस्थानबाट उपचारको लागि पोखरा गएकी महिलामा कोरोना संक्रमण पुष्टि

म्याग्दी २३ असोज । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानबाट उपचारको लागि पोखरा पुग्नुभएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमिक्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । असोज १५ गते पोखरा पुग्नुभएकी ती महिला उपचारको... पुरा पढ्नुहोस

जापानमा रहेका युवाद्धारा ज्ञानोदय माविलाई सहयोग

म्याग्दी २३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बालिनडाँडा घर भइ जापानमा रहनुभएका एक युवाले ज्ञानोदय माध्यमिक विद्यालयलाई सहयोग गर्नुभएका छ । स्थानीय युवा अश्विन भण्डारीले १५ थान प्लाष्टिक कुर्चि विद्यालयलाई सहयोग गर्नुभएको हो । शुक्रवार भण्डारीका बुबा लेठबहादुर र आमा विष्णु भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्मा, प्रधानध्यापक परशुराम... पुरा पढ्नुहोस

शून्य दरबन्दीका मावि तहका विद्यालयमा गाउँपालिकाद्धारा शिक्षक व्यवस्थापन

म्याग्दी २३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकाले शून्य दरबन्दीमा मावि तह सञ्चालन गरेका विद्यालयलाई शिक्षक ब्यवस्थापन गर्न लागेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजना अन्तर्गत कार्यपालिका बैठकको निर्णय अनुसार पहिलो चरणमा शून्य दरबन्दिमा मावि तह सञ्चालन भएका विद्यालयमा गाउँपालिकाले करारमा बिषगत शिक्षक नियुक्त गर्ने प्रकृया अघि बढाएको हो... पुरा पढ्नुहोस

तोरीपानीको फाँटमा व्याबसायिक तरकारी खेती, मेहनतले फस्टाएको पौरख (फोटो फिचर)

म्याग्दी २२ असोज । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको समथर फाँटबाट देखिने धौलागिरि, अन्नपूर्ण र नीलगिरि हिमालको मनमोहक दृष्यले लोभ्याउछ । अझ यहाँका पौरखी कृषकहरुले गरेको तरकारी खेती झनै रहरलाग्दो छ । टिमुर गाउँको रुपमा चिनिने तोरीपानीमा व्यावसायिक तरकारी खेतीको लहर पनि छ । परम्परागत तरकारी खेतीलाई व्यावसायिक बनाउनुभएका कृषक भद्रबहादुर... पुरा पढ्नुहोस

मिर्गौला पीडित खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग

म्याग्दी २१ असोज । पर्वत बेनीमा बस्दै बस्दै आउनुभएकी  मिर्गौला पीडित जमिला खातुनको उपचारमा करिब रु ७५ हजार सहयोग जुटेको छ । लायन्स क्लब अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले रु ७४ हजार ७ सय ८५ आर्थिक सहयोग गरेका हुन् । क्लबको तर्फबाट रु ५४ हजार ७८५ र समाजको... पुरा पढ्नुहोस

धवलागिरी र मालिकाका पहिरो पिडितलाई प्रदेश सरकारकाे राहत

दरवाङ, २० असोज । म्याग्दीको धवलागिरी र मालिका गाँउपालिकाका पहिरो पिडितलाई मंगलबार गण्डकी प्रदेश सरकारले राहत बितरण गरेको छ । गत असार २५ र २६ गतेको पहिरोमा परि ज्यान गुमाएकाको आफन्तहरुलाई दश लाख रुपैया ँबितरण गरिएको हो । १३ परिवारका २० जना मृतकका हकदारलाई जनही पचास हजार रुपैयाँका दरले नगद... पुरा पढ्नुहोस