विशेष
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बेनीमा प्रचण्ड–माधव समूहको विजय उत्सब (फोटो फिचर)
- 4 बर्ष, 5 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
म्याग्दी १२ म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सब बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव बनाएका हुन् । विजय जुलुसमा सहभागीहरुले... पुरा पढ्नुहोस
मनमोहक निलगिरि हिमाल ( तस्बिर)
- 4 बर्ष, 5 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
म्याग्दी १२ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीबाट देखिएको निलगिरि हिमालको मनमोहक दृष्य । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको भुरुङतातोपानी, पोखरेबगर लगायतका स्थानबाट निलगिरि हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । पुरा पढ्नुहोस
मालिकाधुरीमा झण्डा फहराउँदै (फोटो फिचर)
- 4 बर्ष, 5 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
बेनी, ११ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जनबढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।मालिकामा मनोकाँक्षा पुरा हुने जनविश्वासले भाकल गर्ने र अग्लो चुचुरोबाट हिमालको अवलोकनका लागि... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसले विद्यार्थीलाई प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने
- 4 बर्ष, 5 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
म्याग्दी, ११ फागुन । बेनीमा रहेकाे म्याग्दी बहुमुखी क्याम्पसमा अब नयाँ पढ्न जाने विद्यार्थीलाई प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने भएको छ । क्याम्पसमा सोमबार पत्रकार सम्मेलन गरेर क्युएए प्रमाणपत्र लिने बेलामा पेश गरेको शैक्षिक सुधार कार्ययोजना अनुसार पहिलो पटक प्रवेश परिक्षा लिएर मात्र विद्यार्थीलाई भर्ना गर्ने तयारी गरिएकाे जानकारी... पुरा पढ्नुहोस
नेकपा (प्रचण्ड–नेपाल) को जिल्ला सचिवमा सुवेदी चयन
- 4 बर्ष, 5 महिना अगाडि
- १० फाल्गुन २०७७, सोमबार
म्याग्दी १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिवमा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड–माधव नेपाल समुहमा हुनुहुन्छ । सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा सुवेदीलाई चयन... पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटन गरेको विरोधमा बेनीमा नेपाल दलित मुक्ति संगठनद्धारा विरोध प्रदर्शन
- 4 बर्ष, 5 महिना अगाडि
- १० फाल्गुन २०७७, सोमबार
म्याग्दी १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठन म्याग्दीले सोमबार बेनीमा विरोध प्रदर्शन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षका दलित नेता तथा कार्यकर्ताहरुले बेनीमा ओलीको असंवैधानिक र प्रतिगामी कदमका विरोधमा नारा लगाएका थिए । प्रदर्शन सहित... पुरा पढ्नुहोस
मनोरम ‘मालिकाधुरी’को महिमा (भिडियो सहित)
- 4 बर्ष, 5 महिना अगाडि
- ९ फाल्गुन २०७७, आईतवार
म्याग्दी ९ फागुन । म्याग्दीको मालिका गाउँपालिका र रघुगंगा गाउँपालिका को सिमा क्षेत्रलाई समेटिएको मालिकाधुरी । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाईमा अवस्थित रहेको मालिकाधुरीबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े लगायतका एक दर्जनबढी हिमालहरुको एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । मालिका, कालिका र जालिका गरि त्रिदेवीहरूको बास रहेको मालिकादेवी मन्दिरमा पुजा... पुरा पढ्नुहोस
नक्कली बुवा बनेर नाबालक परिचयपत्र बनाउन खोज्ने पुरुष पक्राउ
- 4 बर्ष, 5 महिना अगाडि
- ९ फाल्गुन २०७७, आईतवार
म्याग्दी, ९ माघ । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्न धवलागिरि गाउँपालिका–३ का एक पुरुष पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरिक्षक श्याम... पुरा पढ्नुहोस
पर्यटन प्रवद्र्धन गर्न लायन्स क्लब बेनी पिस सिटीको मालिका हाईकिङ (फोटो फिचर)
- 4 बर्ष, 5 महिना अगाडि
- ८ फाल्गुन २०७७, शनिबार
म्याग्दी ८ फागुन । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धनका लागि हाईकिङ (पदयात्रा) गरेको छ । क्लबका पदाधिकारी, पर्यटन अभियन्ता, सञ्चारकर्मी, स्थानीय अगुवा, सरोकारवाला सहितको टोलीद्धारा मालिका पदयात्रा गरिएको हो । शुक्रवार र शनिवार गरि दुई दिनमा सम्पन्न उक्त पदयात्रामा विभिन्न... पुरा पढ्नुहोस
बेनीमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल
- 4 बर्ष, 6 महिना अगाडि
- ६ फाल्गुन २०७७, बिहीबार
म्याग्दी ६ फागुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवालाहरु विच अन्तरक्रिया गरेको छ । जिल्ला स्थित राजनीतिक दल,कार्यालय प्रमुख,पत्रकार लगायत सरोकारवालाहरुसँग विहिवार निर्वाचन कार्यालयले अन्तरक्रिया गरेको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाहरुले निर्वाचन आचारसंहितालाई... पुरा पढ्नुहोस