विशेष

मुस्ताङका थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार

बागलुङ १ माघ । सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार आज एक समारोहका बीच प्रदान गरिएको छ । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना... पुरा पढ्नुहोस

छाडा कुकुरको ब्यवस्थापन गर्न बन्ध्याकरण

म्याग्दी, २५ पुस । बेनी बजारको सडकमा छाडा रहेका कुकुरको ब्यवस्थापन तथा सन्तान बृद्धि रोक्न बेनीमा बन्ध्याकरण शिविर सुरु गरिएको छ। कुकुरको आतंक रोक्न केन्द्रिय रिफरल पुश चिकित्सालय, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा शनिबार र आईतबार भुस्याहा कुकुरको बन्ध्याकरण शिविर राखिएको हो । छाडा कुकुरले... पुरा पढ्नुहोस

विद्यालयका संस्थापक जग्गादाताको जिवनरक्षाको लागि जनतामाविको अपिल

म्याग्दी २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माविले विद्यालयका संस्थापक जग्गादाताको जिवनरक्षाका लागि सहयोगको अपिल गरेको छ । क्यान्सरबाट पीडित भई पोखरामा उपचार गराइरहनुभएका ६६ बर्षिय हस्तराम पुनको उपचारमा विद्यालयले सहयोग अपिल गरेको हो । आर्थिक अबस्था कमजोर रहेको र उहाँको परिवारको विद्यालयमा ठुलो योगदान रहेकाले विद्यालयले... पुरा पढ्नुहोस

रघुगंगा ‘ऊर्जा खोला’को रुपमा रुपान्तरण हुँदै, ५ जलविद्युत आयोजना निर्माणको चरणमा

कमल खत्री बेनी २५ पुस । धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी ‘ऊर्जा खोला’को रुपमा विकास हुन थालेको छ । हिमालको फेदीमा मुख्य मुहान रहेको रघुगंगा र यसमा मिसिन आउने अन्य सहायक खोलाहरुबाट करिब १५० मेगावाट क्षमताको विद्युत उत्पादन लक्ष्य सहित अहिले ५ वटा जलविद्युत आयोजनाहरुले विद्युत उत्पादनको लागि... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई न्यानो कपडा सहयोग

म्याग्दी २४ पुस । बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–३ घर भइ हाल नर्बेमा रहनुभएकी गंगा लामगाडे (दिपिया)ले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गर्नुभएको हो । बालगृहमा रहेका १२ जना बालबालिकाहरुलाई उहाँले करिब रु १० हजार बराबरको... पुरा पढ्नुहोस

बेनीमा रक्तदान कार्यक्रमबाट ३८ पिन्ट रगत सङ्कलन

म्याग्दी २४ पुस । सामाजिक तथा मानवीय संस्था लायन्स क्लव दोभानले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३८ पिन्ट रगत सङ्कलन गरिएको छ । शुक्रबार रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा बेनी अस्पतालमा गरिएको रक्तदाताको उत्साहजनक उपस्थिती रहेको थियो । जिल्ला बाहिर आवश्यक पर्ने बिरामीलाई लक्षित गरी आयोजित रक्तदान कार्यक्रममा प्रमुख... पुरा पढ्नुहोस

ताकममा अस्पताल र वडा कार्यालय शिलान्यास

ताकम, २३ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ ।पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शिलान्यास गर्नुभएको हो ।कुल सात करोड १३ लाख रुपैयाँ लागत अनुमान... पुरा पढ्नुहोस

राहुघाट जलबिद्युत आयोजनाको ठेकेदारले ज्याला नदिएपछि मजदुर आन्दोलित

म्याग्दी, २३ पुस । मजदुर आन्दोलनका कारण म्याग्दीको राहुघाट जलबिद्युत आयोजना निर्माण कार्य प्रभावित भएको छ । ४० मेगावाट क्षमताको राहुघाटको सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सका मजदुरहरु ज्याला नपाएपछि आन्दोलनमा उत्रिदा बाँध, सुरुङ, बिद्युतगृह र सर्च साफ्ट निर्माण कार्य रोकिएको हो । आयोजनाका मजदुर तेजिन्द्र केसीले पाँच महिनादेखि रोकिएको तलब पाउनुपर्ने,... पुरा पढ्नुहोस

अजिङ्गर भीरमा सडक निर्माणको अन्तिम तयारी (फोटो फिचर)

म्याग्दी २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा सडकको ट्याक निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको दरमिजा, चिमखोला र कुइनेमसंगले क्षेत्रका दुर्गम बस्तीलाई सिधा सडक सञ्जालमा जोड्नका लागि यस भीरमा सडक निर्माण गर्न लागिएको हो । बर्षौदेखि रोकिएको अजिङ्गर भीरको कडा चट्टान भएको भीरमा गत... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको साधारण सभाः सपना रोका मगर सम्मानित (फाेटाे फिचर)

काठमाण्डौ २१ पुस । काठमाण्डौमा रहेका म्याग्देलीहरुको अगुवाईमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभाको उद्घाटन गरिएको छ । सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको छ । संस्थाको १३औं साधारणसभाको अवसरमा सामाजिक योगदान गरे... पुरा पढ्नुहोस