मुक्तिनाथ सहकारीको १४ औं साधारण सभा

  • १६ आश्विन २०७८, शनिबार
  • 1222 पटक पढिएको

बेनी, १६ असोज । सदरमुकाम बेनीसहित, घतान र मौवाफाटँबाट कारोबार गर्दै आएको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। ४६४ शियर सदस्य रहेको मुक्तिनाथ सहकारीले आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रगति, आर्थिक, आगामी लक्ष्यसहित गतिविधिहरु सार्वजनिक गरेको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजना भएको बार्षिक साधारण सभाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गरेका थिए । सहकारी अध्यक्ष लिलाराम गौतमले शाखासंगै सहकारीले रेमिटान्स, एसएमएस बैकिङ्ग सुविधा, मोवाईल रिचार्ज, विद्युत महसुल लगायतको भुक्तानी सेवाहरु यस बर्षेदेखि थप गरेको बताए । ४६४ शियर सदस्य रहेको यस सहकारीको शियर पुँजी ७ करोड ८१ लख ६१ ह्जार २०० रुपैयाँ रहेको छ । सहकारीले गत बर्ष ५३ करोड ४३ लाखको कारोबार गरेको सहकारी आगामी आर्थिक बर्षमा ६९ करोड कारोबार गर्ने लक्ष लिएको अध्यक्ष गौतमले शियर सदस्यलाई जानकारी गराएका थिए ।


सहकारीमार्फत कारोबार गर्नै शियर सदस्यलाई मुनाफाको पाचँ प्रतिशत थप गरिने सहकारी नियम रहेको बताउदै कारोबार गर्न शियर सदस्यलाई समेत आग्रह गरेका थिए । सहकारीका कोषाध्यक्ष चिरञ्जीवी बोगटीले गतबर्ष ५ करोड २४ लाख १२ हजार ५४७ आम्दानी मध्ये ४ करोड ६५ लाख ७ हजार २०२ खर्च भएको जानकारी दिए। कोषाध्यक्ष बोगटीले आर्थिक २०७८/७९ मा ७ करोड ७२ लाख आम्दानी गर्ने लक्ष सहकारी रहेको बताउदै संचालन, शियर सदस्य, कर्मचारी सबैले आर्थिक गतिविधि सहकारीमा बढाउन आग्रह गरेका थिए ।


साधारणसभाको अवसरमा सहकारीले पत्रकार ठाकुरप्रसाद आचार्यलाई नगदसहित सम्मान पत्रले सम्मान गरेको थियो । त्यस्तै सहकारीबाट उतकृष्ट कारोबार गर्ने शियर सदस्य, कर्मचारी लगायतलाई नगदसहित सम्मान पत्रले प्रमुख अतिथि केसी र अध्यक्षद्धारा सम्मान गरिएको थियो ।


साधारणसभामा सांसद विनोद केसीले सहकारीलाई जनमुखी बनाउन संचालकलाई आग्रह गरेका थिए । सांसद केसीले सरकारले ल्याएको सहकारी नीति नियमसंग रहेर कारोबार गरेमा सहकारीलाई नै फाईदा हुने बताउनुभयो । सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।

साधारण सभामा जिल्ला सहकारी संघ म्याग्दीकी सचिव ज्योती लामिछानेले एक ब्यक्ति धेरै सहकारी आवद्ध हुदाँ सहकारीको आर्थिक कारोबारमा कमी आएको बताईन । एक ब्यक्ति एक सहकारीलाई कार्यान्वयनमा सबै सहकारीले जोड दिनुपर्ने धारण ब्यक्त गरिन । उनले कृषि, दुग्ध लगायतको कारोबार गर्न सहकारी खोल्ने तर कारोबार ऋण र बचत गर्ने हुदाँ सेवा भन्दा नाफामुखीमा सहकारीको ध्यान गएको बताईन । साधारणसभामा बेनी नगरपालिका -८का वडाअध्यक्ष रामकृष्ण बराईली, सल्लाकार कोषानन्द आचार्य, मौवाफाटँ शाखाका संयोजक जयराम सुवेदी, घतान शाखाका संयोजक रुदबहादुर रेग्मी, बरिष्ठ सदस्य देवीकुमारी केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारी अध्यक्ष गौतमले सहकारीको आगामी योजनासहितको उद्देश्य रहेको प्रतिवेदन, उपाध्यक्ष दण्ड पाणी सापकोटाको स्वागत मन्तव्य, सचिव डण्डपाणी पराजुलीको प्रगति एवम संचालनमा भएको साधारणसभामा कोषाध्यक्ष बोगटीको आर्थिक प्रतिवेदन, लेखा संयोजक नारायणप्रसाद सुवेदीको लेखा प्रतिवदेन, शिक्षा संयोजक यामबहादुर चोखालले शिक्षाको क्षेत्रका आगामी योजनाहरु शियर सदस्य माझँ सार्वजनिक गरेका थिए ।