विशेष
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण
- 8 महिना, 10 दिन अगाडि
- १८ बैशाख २०८१, मंगलवार
म्याग्दी, १८ वैशाखः गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा रु दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् । ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना... पुरा पढ्नुहोस
गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको कार्यशाला
- 8 महिना, 11 दिन अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको एक दिने कार्यशाला सम्पन्न भएको छ । नेफस्कुनको प्राविधिक सहयोग र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सोमबार १० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा म्याग्दी, कास्की, गोरखा, तनहुँ, स्याङ्जाका विभिन्न ११... पुरा पढ्नुहोस
बेनीमा जेसीजद्धारा रक्तदान
- 8 महिना, 11 दिन अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा सोमबार बेनी अस्पताल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माले जानकारी दिनुभयो । नेपाल जेसीजले सुरुवात गरेको जेसीज नेपाल राइज कार्यक्रम अन्तरगत म्याग्दी जेसीजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नेपाल... पुरा पढ्नुहोस
म्याग्दीका लेकाली जङ्गलमा ढकायो टिप्ने चटारो
- 8 महिना, 11 दिन अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी १७ वैशाख । म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्ने सिजन सुरु भएको छ । उच्च पहाडी क्षेत्रमा रहेका बस्तीका स्थानीयले वनजङ्गलमा पाइने ढकायोको सागलाई तरकारी बनाएर उपभोग गर्ने गर्छन् । जिल्लाको कुइनेमंगले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जालगायतका गाउँबस्तीमा तरकारीको रुपमा... पुरा पढ्नुहोस
म्याग्दीमा ‘हाई भोल्टेज’ले ६० घरमा क्षति, पाँच जना घाइते
- 8 महिना, 11 दिन अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी, वैशाख १७- अन्नपूर्ण गाउँपालिका–६, घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्। घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो । आगलागीबाट घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा... पुरा पढ्नुहोस
पुख्र्यौली नाच प्रतियोगितामा काफलडाँडा बिजयी
- 8 महिना, 13 दिन अगाडि
- १५ बैशाख २०८१, शनिबार
म्याग्दी, १६ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित पुख्र्यौली नाच प्रतियोगितामा वडा नम्बर ८ काफलडाँडाको पुख्र्यौली समूह बिजयी भएको छ । भूमे पुजाको अवसरमा अन्नपूर्ण–२ नम्बर वडा कार्यालयले आयोजना गरेको सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगितामा विभिन्न ११ पुख्र्यौली समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा वडा नम्बर १... पुरा पढ्नुहोस
मराङमा वडा कार्यालय भवन उद्घाटन्
- 8 महिना, 13 दिन अगाडि
- १५ बैशाख २०८१, शनिबार
मराङ, १५ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव,... पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान
- 8 महिना, 13 दिन अगाडि
- १५ बैशाख २०८१, शनिबार
म्याग्दी , १५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा आधारभूत तहका शिक्षकहरुका लागि बिषयगत तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिका, सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न) र क्वालिटी एजुकेशन नेपाल, अष्टेलियाको आयोजनामा १० दिने तालिम दिईएको हो । https://www.youtube.com/watch?v=KJ32VVPVugc सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लर्न र गाउँपालिकाको साझेदारीमा... पुरा पढ्नुहोस
स्थानीय तहसँग वन कार्यालयको समन्वय
- 8 महिना, 14 दिन अगाडि
- १४ बैशाख २०८१, शुक्रबार
बेनी, १३ वैशाख । डिभिजन वन कार्यालय म्याग्दीले विकास आयोजनालाई वातावरणमैत्री बनाउन स्थानीय तहहरुसँग समन्वय थालेको छ । स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाएर विपद्को जोखिम न्युनीकरणका लागि स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया र समन्वय गरेको हो । बेनी नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित आयोजित समन्वय गोष्ठिमा डिभिजन... पुरा पढ्नुहोस
भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)
- 8 महिना, 14 दिन अगाडि
- १४ बैशाख २०८१, शुक्रबार
म्याग्दी, १४ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ को वडा कार्यालयले भुरुङ गाउँमा... पुरा पढ्नुहोस