बाढीले सिंगा तातोपानीमा एक होटल बगायो
- २६ भाद्र २०८२, बिहीबार
- 41 पटक पढिएको
म्याग्दी, २६ भदौ । म्याग्दीको बेनी नगरपालिका– ४ तातोपानी स्थित लेतेखोलामा आएको बाढीले एक होटल बगाएको छ । रातभर परेको अबिरल बर्षाको कारण आएको बाढीले आज विहान करिब ४ बजे श्रीस होटेल एण्ड खाजा घरलाई पूर्ण रुपमा क्षति पु¥याएको हो ।
ठाडोखोलामा आएको बाढीले होटलको सबै संरचना पुरिएको प्रहरीले जनाएको छ । बेनी नगरपालिका– ४ का वडा सदस्य समेत रहनुभएका होटल सञ्चालक प्रेम श्रीसले होटलसंगै होटलभित्र रहेका सबै सामान पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो । बाढीले सडक समेत अबरुद्ध बनाएको छ । बाढीले तातोपानी आमा समूहको भवन तथा भगवती मन्दिरमा समेत क्षति पु¥याएको छ ।