जेनजी आन्दोलनः म्याग्दीका सबै राजनीतिक दलका कार्यालयका सामान ताेडफाेड र आगजनी

  • २४ भाद्र २०८२, मंगलवार
  • 39 पटक पढिएको

 

मंगलवार म्याग्दी सदरमुकाम बेनीमा आयोजित जेनजी आन्दोलनमा जिल्लामा रहेका सबै राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोट तथा सामानहरुमा आगजनी गरिएको छ ।सरकारले विद्यार्थी आन्दोलनमाथि गरेको चरम दमनको विरोध गर्नुका साथै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विप्लप नेतृत्वको नेकपा, राप्रपा, रास्वपा लगायतका पार्टी कार्यालयका सामान तोडफोड र आगजनी गरिएको छ । विद्यार्थी र युवाहरुको सयौँ जनाको बृहत जनसहभागितामा प्रदर्शन सहित बजार परिक्रमा गरिएको थियो । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले दमन गरेको निशंस दमनमा परेर १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि म्याग्दीमा पनि जेन–जी आन्दोलनले उग्र रुप लिएको छ ।