विशेष

कसले पहिरिएला मुस्ताङ सुन्दरीको ताज ?

मुस्ताङ ७ असोज । थाकखेलकुद तथा सांस्कृतिक विकास संघको आयोजनामा बर्सेनि आयोजना हुने मिस मुस्ताङ प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ ।थाक खेलकुद च्याम्पियनसीप रनिङशील्ड प्रतियोगिता अन्तर्गत मुस्ताङको ताक्लुङ-कुञ्जोमा आयोजित मिस मुस्ताङ २०७९ का लागि थाक खेलकुदमा आवद्ध ८ सुन्दरी मध्ये ५ जनाले टप फाईप यात्रा सुरक्षित गरेका छन् ।... पुरा पढ्नुहोस

एक सय ३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

गलेश्वर ७ असाेज । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ । एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा सहयोग

म्याग्दी, ६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित रहेको अन्नपूर्ण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । राखु सिजलगाउँ निवासी हाल अस्ट्रेलिया रहेका गकुल भण्डारीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो । जन्मत्सोवका अवसरमा गकुल भण्डारीका बुवा राजु भण्डारी... पुरा पढ्नुहोस

चार महिनापछि बेँसी झरे गोठाला

बागलुङ, ६ असोज । हिउँद्मा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् । करिब चार महिना बेँसी सुनसान जस्तै हुन्छ । बर्खा रोकिएर चाडपर्व शुरु भएसँगै उनीहरु बेँसी झर्न... पुरा पढ्नुहोस

रघुगंगा नदीको मुहान (तस्विर)

बेनी, ६ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखालामा पर्ने धौलागिरि हिमालको दक्षिण आधारशिविरको ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान । धौलागिरि आधार शिविर क्षेत्रले वडा नम्बर ८ कुइनेमंगलेको सिमा क्षेत्रलाई समेत समेटिएको छ । बर्षौदेखि जमेको हिउँको ग्लेसियरबाट पानीको मुहानको सुरुङ नै देखिन्छ । ग्लेसियर हिउँको चट्टान भएकाले त्यहीबाटै पर्यटकहरु... पुरा पढ्नुहोस

म्याग्दीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी सुरु

बेनी, ६ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दी सदरमुकाम बेनीमा हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगितालाई सफल बनाउन आबश्यक तयारी सुरु गरिएको छ । असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म बेनीमा हुने उक्त प्रतियोगितालाई सफल बनाउन जिल्ला स्थित सरोकारवाला निकायहरुले आबश्यक तयारी सुरु गरेका हुन् । जिल्ला... पुरा पढ्नुहोस

आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने

काठमाण्डाै ६ असोज । निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी... पुरा पढ्नुहोस

निबन्ध प्रतियोगितामा लिटल गार्डेन एकेडमीका शर्मा प्रथम

म्याग्दी ५ असोज । म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ । १५ औं पुस्तकालय दिवसको अवसरमा ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ विषयमा आयोजित प्रतियोगितामा लिटल गार्डेनकी स्मृति शर्मा प्रथम, बेनी सामुदायिक माविका हिमाल आचार्य द्धितिय र जामुनाखर्क माविका उत्सव... पुरा पढ्नुहोस

युवा व्यवसायी कार्कीको प्रयास : रेष्टुरेण्टका परिकारमा अर्गानिक उत्पादनलाई ब्राण्डिङ गर्दै

म्याग्दी ५ असाेज । रेष्टुरेण्टको मेनुमा मकैभट्ट, कोदो, गहुँ र फापरको रोटी, मोही लगायतका परिकार देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर म्याग्दी सदरमुकाम बेनीमा सञ्चालनमा आएको एक रेष्टुरेण्टले आफ्ना परिकारमा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ग्राहकहरुलाई यस्तै उत्पादनको स्वाद चखाउन थालेको छ । रघुगंगा गाउँपालिका–३ रानीपौवाका युवा जीवन कार्कीले बेनी... पुरा पढ्नुहोस

‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन (तस्बिर सहित)

बेनी, ५ असोज : म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरि ‘रिसेका’ (रिखार, सेञ्चुरी, कालीबराह) पदमार्गको सम्भाव्यत्ता अध्ययन गरिएको हो । कालीगण्डकी र भेरी नदी जोड्ने गरि परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका... पुरा पढ्नुहोस