बाबियाचौरमा कर्वड हल निर्माण

  • १७ चैत्र २०७९, शुक्रबार
  • 609 पटक पढिएको

 

म्याग्दी, १७ चैत । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । ब्याडमिन्टन सहित मार्सल आर्ट लगायतका खेलहरु समेत संचालन गर्न मिल्ने गरी निर्माण गरिएको कर्वड हलको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गर्नुभएको थियो ।

कर्वड हल निर्माणमा गाउँपालिकाबाट ११ लाख, पूर्वाधार विकास कार्यालयबाट ५ लाख र वडा कार्यालयबाट ५ लाख रुपैया आर्थिक सहयोगमा कर्वड हल निर्माण गरिएको मंगला युथ क्लवका अध्यक्ष नविन अधिकारीले जानकारी दिनुभयो ।


मंगला युथ क्लवका सक्रियतामा निर्माण भएको कर्वड हलको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका, प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर खत्री, वडाअध्यक्ष धनबहादुर खातीको मन्तव्य राख्नुभएको थियो ।