बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग

  • १६ चैत्र २०७९, बिहीबार
  • धिरन खत्री
  • 441 पटक पढिएको

 

बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल बालसंगठन जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष राजेश शाक्य र उपसभापति ज्ञानेन्द्र श्रेष्ठलाई महासंघले बालगृहका बालबालिकाको लागि खाद्यान्न सामाग्री सहयोग गरेको हो ।


त्यस्तै नेपाल नेत्र ज्योती संघ बेनीका नेत्र अधिकृत दिनेश बानियाँद्वारा आखाँ परिक्षण र बेनी संजीवनी हेल्थ क्लिनिक बेनीका डाक्टर रोचन आचार्य लगायतको प्राविधिक सहयोगमा ११ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।


कार्यक्रममा मेयर केसीले स्थापना दिवसको शुभकामना दिदै महासंघको चौतर्फी विकासका सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस्तै संस्थापक अध्यक्ष घनश्याम ख्डकाले पत्रकारितालाई मर्यादित र विश्वसनीय पेशा बनाउन सके महासंघको गरिमा बढ्ने बताउदै पुर्णरुपमा आचारसंहितालाई पालना गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

उपाध्यक्ष गौतमको अध्यक्षता एवम् स्वागत मन्तव्य, महासंघका सदस्य कृष्ण जिसीले सहजीकरण गर्नुभएको कार्यक्रममा पुर्व अध्यक्ष तारानाथ शर्मा लगायतको उपस्थित रहेको थियो ।

   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l