सवारी कारबाहीबाट ४२ लाख राजश्व संकलन

  • १७ चैत्र २०७९, शुक्रबार
  • धिरन खत्री
  • 246 पटक पढिएको

 

बेनी, १७ चैत । म्याग्दीमा सवारी साधन कारबाहीबाट ४२ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ । चालु आर्थिक बर्षको फागुनसम्ममा ५ हजार ७५० सवारी कारबाहीबाट ४२ लाख १६ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जानकारी दिएकोछ ।

पछिल्लो ८ महिनामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेलाई १ हजार देखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने नियम रहेको कार्यालयका प्रहरी सहायक निरिक्षक राजेन्द्र पौडेलले बताउनुभयो । कार्यालयको तथ्याङ्ग अनुसार साउनमा ५५०, भदौमा ६००, असोजमा ८००, कात्तिकमा ९५०, मंसिरमा ८५० र पुसमा ७००, माघमा ९५० र फागुनमा ६५० वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका सहायक निरीक्षक पौडेलले जानकारी दिए ।

चालु आवको साउनमा ४ लाख ११ हजार ५००, भदौमा ४ लाख १० हजार ५००, असोजमा ६ लाख १ हजार ५००, कात्तिकमा ६ लाख ९९ हजार ५००, मंसिरमा ६ लाख २ हजार, पुसमा ६ लाख ९४ हजार ५००, माघमा ४ लाख ४४ हजार ५००, फागुनमा ५ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

कार्यालयले सवारीसाधन अनुगमनमा लाइसन्सविहिन सवारीसाधन चलाउने, यात्रुबाट बढी भाडा उठाउनेलाई, हेलमेट नलगाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने, क्षमताभन्दा बढी सामानहरु बोक्ने, कागजपत्र साथमा नलिई सवारीसाधन चलाउने, सदरमुकाममा जथाभावि पार्किङ, सवारी आगमनलाई असर पर्ने गरी सडकमा रोकेमा, रातो पेलेटको सवारीसाधनले यात्रु बोकेमा कारबाही गरिएको कार्यालयले जनाएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l