मिर्गौला पीडित रिता गर्वुजाको उपचारार्थ सहयोगको अपिल

  • १८ चैत्र २०७९, शनिबार
  • 539 पटक पढिएको

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी मिर्गौला पीडित रिता गर्वुजा पुर्जाको उपचारार्थ आर्थिक सहयोगको लागि आफन्तले अपिल गरेका छन् । आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि.मा उपचाररत २९ बर्षिय पुर्जाको मिर्गौला पत्यारोपण गर्नुपर्ने भएकाले पुर्जाका घरपरिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्वच्छिक सहयोगका लागि वडा कार्यालयले समेत सहयोगदाताहरुलाई आह्वान गरेको छ ।
एक बर्ष चार महिनाका नाबालक छोरालाई समेत अस्पतालकै वेडबाट हुर्काइरहेकी पुर्जाको मिर्गौला पत्यारोपण भारतमा गर्नुपर्ने भएपछि घरपरिवारलाई आर्थिक स्रोत जुटाउन हम्मे परेको उहाँका श्रीमान नविन पुर्जाले बताउनुभयो । ‘‘ यता श्रीमति विरामी भएपछि वैदेशिक रोजगार त्यागेर आएँ, उपचारमा लाखौँ खर्च लाग्ने भएपछि खर्च कहाँबाट जुटाउने भन्ने पीरलोमा छौँ, हाम्रो परिवारको बलियो आम्दानीको स्रोत पनि केही छैन’’–उहाँले भन्नुभयो । विगत अठार महिना अघि स्वास्थ्यमा देखिएका समस्याहरुको पहिचान गर्ने क्रममा पुर्जाको दुबै मिर्गौला फेल भएको पुष्टि भएको थियो । मिर्गौला फेल भएदेखि नै अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएकी पुर्जाको उपचारमा अहिलेसम्म करिब रु १५ लाख खर्च भैसकेको घरपरिवारको भनाई छ । पुर्जाको जेठा छोरा कक्षा ६ मा अध्ययनरत छन भने कान्छा छोरा अस्पतालमा आमा संगै छन् । ‘‘ अस्पतालमा भर्ना भएर उपचार गराउँदै आएको छु, सानो छोरालाई पनि यहिँबाटै हुर्काउँदै छु, अब मिर्गौला पत्यारोपणको लागि भारतमा गएर उपचार गर्न चिकित्सकहरुको सुझाब आएको छ, तर घरपरिवारको क्षमताले भ्याउने अवस्था छैन, सहयोगी मनहरुले सहयोग गरेमा पुर्नजिवन पाउने आसा गरेको छु’’–मिर्गौला पीडित पुर्जाले टेलिफोनमा भन्नुभयो । रोजगारको सिलसिलामा बहराइनमा पुग्नुभएका पुर्जाका श्रीमान नविन श्रीमतिको मिर्गौला फेल भएपछि उपचारको व्यवस्थापन गर्न र परिवार सम्हाल्न स्वदेश फर्कनुभएको छ । यसैबिच पुर्जाको उपचारको लागि सहयोग जुटाउन ‘रिता गर्बुजा पुर्जा बचाउ अभियान’ सुरु गरिएको छ । अष्टे«लियामा रहनुभएका हरि बुदुजाको नेतृत्वमा त्यहाँ आर्थिक संकलन अभियान चलाईएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरु मार्फत पुर्जाको उपचारार्थ सहयोगको लागि आह्वान गरिएको बुदुजाले बताउनुभयो ।

अष्टे«लियामा सम्पर्कका लागि: हरि बुदुजा:0451921115 बिजु पुर्जा:0414600792

नेपालमा नविन पुर्जा ः  9866023615

बैंक खाता विवरण:

१)AUSTRALIA को बैंक खाता विवरण : HARI BUDUJA BSB Number: 062111 Account Number: 11305122

२)NEPAL को बैंक खाता विवरण : GARIMA BIKASH BANK BENI BRANCH NAME:RITA PURJA खाता न:02201300837491000001 ( REFERENCE मा RITA GARBUJA लेखिदिनु हुन अनुरोध )