विशेष

ताकममा अस्पताल र वडा कार्यालय शिलान्यास

ताकम, २३ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलान्यास गरिएको छ ।पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शिलान्यास गर्नुभएको हो ।कुल सात करोड १३ लाख रुपैयाँ लागत अनुमान... पुरा पढ्नुहोस

राहुघाट जलबिद्युत आयोजनाको ठेकेदारले ज्याला नदिएपछि मजदुर आन्दोलित

म्याग्दी, २३ पुस । मजदुर आन्दोलनका कारण म्याग्दीको राहुघाट जलबिद्युत आयोजना निर्माण कार्य प्रभावित भएको छ । ४० मेगावाट क्षमताको राहुघाटको सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सका मजदुरहरु ज्याला नपाएपछि आन्दोलनमा उत्रिदा बाँध, सुरुङ, बिद्युतगृह र सर्च साफ्ट निर्माण कार्य रोकिएको हो । आयोजनाका मजदुर तेजिन्द्र केसीले पाँच महिनादेखि रोकिएको तलब पाउनुपर्ने,... पुरा पढ्नुहोस

अजिङ्गर भीरमा सडक निर्माणको अन्तिम तयारी (फोटो फिचर)

म्याग्दी २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा सडकको ट्याक निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको दरमिजा, चिमखोला र कुइनेमसंगले क्षेत्रका दुर्गम बस्तीलाई सिधा सडक सञ्जालमा जोड्नका लागि यस भीरमा सडक निर्माण गर्न लागिएको हो । बर्षौदेखि रोकिएको अजिङ्गर भीरको कडा चट्टान भएको भीरमा गत... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको साधारण सभाः सपना रोका मगर सम्मानित (फाेटाे फिचर)

काठमाण्डौ २१ पुस । काठमाण्डौमा रहेका म्याग्देलीहरुको अगुवाईमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभाको उद्घाटन गरिएको छ । सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको छ । संस्थाको १३औं साधारणसभाको अवसरमा सामाजिक योगदान गरे... पुरा पढ्नुहोस

बेनीको फोहोरमा तीनदिनदेखि आगलागी, प्रदुषणले स्थानीयबासी समस्यामा (भिडियाे)

बेनी, २० पुस । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहोर ब्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठुलो पहिरोमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदुषण फैलिएको छ । गत शनिवारदेखि फोहोरमा आगलागी भएपछि फोहोरको दुर्गन्धयुक्त धुँवाले आसपासका बजार र बस्तीमा प्रदुषण फैलिएको छ । लगातार फोहोरको आगलागीको धुँवाले सताउन... पुरा पढ्नुहोस

गाउँको चिनारी : ‘ढुंगाका घर, परालको टौवा’ (फोटो कथा)

बेनी, १९ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँमा परम्परागत ढुंगाले छाएर बनाएका घरहरु र घरका छेउमा हिउँदे घाँसका लागि बनाईएको परालका टौवा । धानको पराललाई गाइभैसीको घाँसका लागि हरेक किसानको घरमा टौवा बनाएर राख्ने गरिन्छ । ताकम धान उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँका हरेक घरधुरीमा धान खेती... पुरा पढ्नुहोस

अरुणा शाहीलाई अवार्ड जिताउन ‘भोट गर्न अपिल’

म्याग्दी १९ पुस । नेपाल खेलकुद पत्रकार मञ्चको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुभएकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा ‘भोट अपिल’ अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको अगुवाईमा भोट अपिल अभियान सञ्चालन गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएर राष्ट्रिय महिला... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक आयोजनाः म्याग्दीखण्डको काममा चरम ढिलासुस्ती

उत्तर–दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ । ट्याक निर्माण सकिएसंगै स्तरोन्नतकिा लागि २०७३ मंसिरदेखि यस करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । निर्माण अवधि सकिएको एक बर्ष वितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै... पुरा पढ्नुहोस

रघुगंगाको गाउँ सभामा बहुमतबाट बेगमा अस्पताल बनाउने निर्णय

https://www.youtube.com/watch?v=aCZQUnLR9CU म्याग्दी १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा विवादीत बनेको १० शैयाको आधारभुत अस्पताल बनाउने स्थानको टुंगो गाउँसभाबाट लगाईएको छ । बुधवार सम्पन्न नवौँ गाउँसभामा बहुमतबाट वडा नम्बर १ बेग स्वास्थ्य चौकी स्तरोन्नती गरि अस्पताल बनाउने निर्णय भएको हो । एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत संघिय सरकार मार्फत... पुरा पढ्नुहोस

राजाले प्रजातन्त्रमा गरे जसरी ओलीले गणतन्त्रमा हमला गरे : नेकपा युवा नेता रेशम जुग्जाली (भिडियो)

म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता रेशम जुग्जाली(सुविन)ले तत्कालिन राजाहरुले प्रजातन्त्रमाथि गरेको हमला जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गरेको बताउनुभएको छ । https://www.youtube.com/watch?v=WF9QbDTafHA प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध नेकपा (प्रचण्ड नेपाल) पक्षले बेनीमा आयोजना गरेको बृहत विरोध पदर्शनपछिको सभालाई सम्बोधन गर्दै  नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहनुभएका... पुरा पढ्नुहोस